काठमाडौँ : फोटो बिगार्ने तथा एउटाको फोटो अर्कोसँग जोड्ने र विकृत रुप तयार गर्नेले जेल सजाय भोग्नुपर्ने गरी कानुन तयार भएको छ।

मुलुकी ऐनलाई प्रतिस्थापन गर्न ल्याउन लागिएका विधेयकहरु मध्येको फौजदारी कसूरसम्बन्धी विधेयकमा यस्तो व्यवस्था गरिएको हो। कानुन मन्त्रालयले तयार गरेको मस्यौदामा भने फोटो जोड्ने र विकृत रुप बनाउनेलाई सजायको व्यवस्था थिएन।

तर सांसदहरुले संसदमा विधेयकको मस्यौदामा यस्तो व्यवस्था थप गरेका हुन्। विधायन समितिअन्तर्गतको उपसमितिले फोटोलाई विकृत रुप बनाउनेलाई दुई वर्षसम्म कैद तथा २० हजारसम्म जरिवानाको व्यवस्था प्रस्ताव गरेको हो।

विधेयकको दफा २९५ को ३ मा भनिएको छ- ‘कसैले एकको तस्बिरको केही भाग अर्को व्यक्तिको अर्को भागसँग राखी वा अन्य कुनै किसिमले विकृत रुपको तस्बिर बनाउन वा प्रकाशन गर्न हुँदैन।’

सामाजिक सञ्जालहरुमा विभिन्न नेताहरुको तथा सेलिब्रेटीहरुको फोटो जोड्ने र विकृत बनाउने गतिविधि बढेकाले सजायको व्यवस्था गरिएको उपसमितिका संयोजक कृष्णभक्त पोखरेलले जानकारी दिए।

‘फोटोहरु एकदमै गलत ढंगले प्रयोग भयो। एउटाको फोटो अर्कोसँग टाँसिदिने। वयैक्तिक स्वतन्त्रता भित्रको अतिक्रमण भन्ने हिसाबले हो’, पोखरेलले भने। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि गत २६ कात्तिकमा फेसबुक र सोसल मिडियामा असाध्यै गैरजिम्मेवार मान्छे, कुनै हैसियत नभएको तथा जिम्मेवारी नभएकोले पनि गलत टिप्पणी गर्ने र त्यो भाइरल हुने यो खतरा पैदा भएको बताएका थिए। उनले त्यसलाई व्यवस्थित गर्नुपर्ने तर्क गरेका थिए।

सामाजिक सञ्जालमा नेताहरुको टाउको जनावरसँग जोडेको तथा बालबालिकासँग जोडिएका फोटो भाइरल हुने गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah