दमक÷झापाको दमक नगरपालिकाले दीर्घकालिन महत्वका हरेक कामहरुलाई गुरुयोजना बनाएर मात्र गर्ने भएको छ । गुरुयोजना नबनाई गरिएका कामहरुको प्रभावकारीता कम भएको पाईएपछि नगरपालिकाले गुरुयोजना बनाएर काम थाल्ने निर्णय गरेको बताईएको छ ।
दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालका अनुसार नगरपालिकाले आउदो बर्षदेखि महत्वपूर्ण योजनाहरुको गुरुयोजना बनाएर काम गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेर अघि बढिएको छ । बढ्दो चाप र नगर बिकासको अब्यवस्थित योजनाका कारण समस्याहरु आउन सक्ने भएकाले गुरुयोजना बनाएर अघि बढ्ने सोच अनुसारको नीति तथा कार्यक्रम अगाडि ल्याइएको छ ।
कार्यकारी अधिकृत दाहालका अनुसार नगरपालिकाले आउदो बर्षदेखि पर्यटन गुरुयोजना, ढल निकासको गुरुयोजना, फोहोरमैला ब्यवस्थापनको गुरुयोजना बनाउने लक्ष्य अनुरुप काम अघि बढाएको छ । अहिलेसम्म नगरभित्रका पर्यटकीय क्षेत्रहरुको पहिचान नभएको बताउदै पर्यटकीय क्षेत्रहरुको पहिचान सहितको गुरुयोजना बन्ने उहाँको भनाइ रहेको छ ।
बेलडाँगी शरणार्थी शिबिर दमकमा चिया बगान, सिमसार, मठमन्दिरहरु, खोलाधार लगायतका पर्यटकीय क्षेत्रको सम्भावाना प्रचुर रहेको बताइन्छ । यसका साथै ब्यवसायिक भ्यू टावर, बिश्वको अग्लो बुद्धमूर्ति सहितको बौद्ध पार्क, औधोगिक पार्क लगायतका नयाँ योजनाहरु समेत निर्माणको प्रकृयामा रहेकाछन् । यि सबैलाई समेटेर पर्यटन गुरुयोजना बनाइने जनाइएको छ ।
फोहोरमैला र ढल निकासको गुरुयोजना नबन्दा समस्या उत्पन्न हुन शुरु गरेको जनाउदै यसका लागि बेग्लै गुरुयोजना आवश्यक रहेकाले यसका लागि पनि तयारी शुरु भएको दाहालको भनाइ रहेको छ । फोहोरबाट मोहर निकाल्न सकिने भएकाले प्रशोधन केन्द्र सहितको ब्यवस्थित र आधुनिक डम्पिङ साइड बनाइने छ । अहिले रतुवा खोलामा फोहार फ्याल्ने गरिएको छ ।
दमक नगरपालिकाले आउदो बर्ष अर्थात आर्थिक बर्ष २०७३÷०७४ को नीति तथा कार्यक्रममा आधा दर्जनभन्दा बढि महत्वपूर्ण योजनाहरुको गुरुयोजना बनाउने निर्णय गरिसकेको छ । गुरुयोजना बनाएर काम गर्दा कामको गुणस्तरियता, जवाफदेहिता बढ्ने मात्र नभएर शहरको सुन्रता थपिने नगरपालिकाका इन्जिनियर भीम पौड्यालले बताउनु भयो । ढल , सडक लगायतका कामहरु गुरुयोजना नबनाइ बनाउदा यसको असर अहिले नगरबासीले भोगिसकेको उहाँको भनाइ छ । बिष्णुप्रसाद पोखरेल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah