६ फागुन । नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य मणि थापाले एमालेको राष्ट्रवाद डोनाल्ड ट्रप र मोदीको जस्तो भएको बताएका छन् ।
शुक्रबार राजधानीको आर आर क्याम्पसमा अखिल क्रान्तिकारीले गरेको चियापान तथा स्ववियु निर्वाचन उम्मेद्वार घोषणा कार्यक्रममा बोल्दै नेकपा एमालेको राष्ट्रवाद अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रप र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जस्तो भएको बताएका हुन् ।
उनले अहिले एमालेले अहिले प्रचार गरिरहेको खोक्रो राष्ट्रवादले नेपालमा बसोबास गर्ने आदीवासी, जनजाति, महिला, मस्लिम र मधेसीलाई स्वीकार्ने गर्ने नसक्ने बताए ।
उनले एमालेले पहाडीय राष्ट्रवादको प्रतिनिधित्व गरिरहेको हुनाले भारतको हरेक गतिविधिको विरोध गरेको बताए ।
थापाले एक फरक प्रसंगमा माओवादी केन्द्रले गणतन्त्रको रक्षाको नीति लिएको भन्दै माओवादीले ल्याएको गणतन्त्रलाई एमाले, काँग्रेसलाई फुर्ती नलाउन आग्रह समेत गरे ।
साझापोस्ट बाट सभार



