बलिउड नायिका प्रियंका चोपडा केही दिन अघिदेखि पति निक जोनससँग वरी हिल्सको विन्टर गाला कार्यक्रममा गइरहेकी छिन् । यसै क्रममा नव विवाहित जोडीको केमेस्ट्री सबैको लागि प्रमुख चासोको विषय बन्नु स्वभाविक पनि हो ।

कार्यक्रममा उनी कालो गाउनसँगै न्यूड मेकअप र डार्क लिपस्टिकमा झनै सुन्दर देखिएकी छिन् । प्रियंकाले स्प्रिङ्ग आरटीडब्लू कलेक्शन २०१९ को लागि निकै नै महँगा लुगा खरिद गरेकी थिइन् ।

उनले लगाएको याे गाउनको मूल्य ११ हजार ४ सय १० डलर पर्ने बताइएको छ । जसको नेपाली मूल्य लगभग १३ लाख पर्न जान्छ । उनको यस गाउनको डिजाइन ‘सेलेब स्टाइलिस्ट मिमी कटरेल’ ले गरेका हुन् ।

यस्तै निक जोनस पनि कालो र सेतो टक्सिडोमा निकै नै सुन्दर देखिएका छन् । कामको कुरा गर्ने हो भने प्रियंका चाँडै हलिउड चलचित्र ‘इज नट इट रोमान्टिक’ मा देखिँदैछिन् ।

उनले यस चलचित्रमा योगा टिचरको भूमिका निर्वाह गरेकी छिन् । यो चलचित्र भ्यालेन्टाइन डे को मौका पारेर अमेरिका तथा क्यानडामा १३ फेब्रुअरी र भारतमा २८ फेब्रुअरी का दिन रिलिज हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah