माओवादीको काँधमा चढेर गठन भएको एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार सत्ताबाट बाहिरिएको एक महिनाभन्दा बढी भएको छ । सत्ताबाट बाहिरिएपछि ओली र उनका गुटका कार्यकर्ताहरुको पीडा यति दर्दनाक छ कि, उनीहरु अहिले क्यान्सरको रोगी अन्तिम पीडामा छटपटाएझैं बेहोसी हालतमा बर्र्बराइरहेका छन् ।

संसदीय व्यबस्था र मान्यता बोकेर यहि पोखरीमा खेलेपछि कुनै दिन सत्ताबाट बाहिरिनुपर्छ भन्ने हेक्कासमेत उनीहरुलाई रहेन । एकपटक कुर्सीमा बसाइदिएपछि आफूलाई आजीवन राजकीय गद्दीमा राखि दिइरहनुपर्ने मान्यता उनीहरुमा रहिरहेको छ र यो मान्यता उनीहरुको अस्पतालबाटै वयान दिने मनमोहनकालीन सत्तादेखि ज्ञानेन्द्रको आधा प्रतिगमनको भतेर दन्काउने देखिकै निरन्तरता हो ।

एमालेहरु माओवादीको अहिलेको सत्तालाई भारतीय डिजाइनमा आधारित ठान्छन् र आफूलाई राष्ट्रवादको नयाँ पुजारी मान्ने गर्छन । ओलीको सरकार टिकाइदिन द¥होसँग नलाग्नुबाहेक भारतसँग यतिबिघ्न रिसाउनुपर्ने एमालेसँग अर्को कुनै खासै आधार भने छैन । महाकाली सन्धिदेखि संबिधान जारी हुने अघिल्लो दिनसम्म एमाले र भारतको सम्बन्ध गुरु र शिष्यहरुकै रहेको थियो ।

देवेन्द्र कोइराला

देवेन्द्र कोइराला

जब गुरुको अनुमतिबिना शिष्यलाई प्रधानमन्त्रीको पदवी दिलाएर संबिधान जारी गराइयो, तब गुरुवर शिष्यप्रति ‘नाराज’ हुनुभएको मात्रै हो, अरु केहिहोइन । कुनै बाख्रो किनेर खरिदकर्ताले आफ्नो घरमा लैजाँदासम्म उसको अगाडि घाँस देखाएर डो¥याउँदै लगेझैं माओवादीले उसलाई प्रधानमन्त्रीको घाँस देखाएर संबिधान जारी गर्ने बिन्दुसम्म पु¥याएको हो । यति गल्तीचाहिँ प्रचण्डले गरेकै हुन् ।

नेपालको राष्ट्रबादलाई धेरैले आफु अनुकुल चलाए । नेपालमा महेन्द्रकालीन राष्ट्रवादको खुबै चर्चा हुने गर्दछ । महेन्द्रकालीन राष्ट्रियताले अहिले समाजमा देखिएका बिभेदहरुलाई सम्बोधन गर्न नसक्ने स्वभाविक भए पनि त्यसले तत्कालिन अवस्थामा नेपालको स्वाभिमानका लागि केही महत्वपूर्ण कामहरु गरेका थिए र इतिहासको त्यस कालखण्डमा नेपालको दीर्घकालीन हितलाई ध्यानमा राखि गरिएका केही सकारात्मक विषयहरुको अपनत्व स्वीकार गर्न र स्वामित्व लिन कुनै कन्जुस्याईँ गर्नुपर्ने देखिन्न ।

ओलीको सरकार टिकाइदिन द¥होसँग नलाग्नुबाहेक भारतसँग यतिबिघ्न रिसाउनुपर्ने एमालेसँग अर्को कुनै खासै आधार भने छैन । महाकाली सन्धिदेखि संबिधान जारी हुने अघिल्लो दिनसम्म एमाले र भारतको सम्बन्ध गुरु र शिष्यहरुकै रहेको थियो ।

कुनै पनि देशको इतिहास चाहे त्यो त्यतिखेरको बस्तुगत अवस्थामा सहि र अहिले आएर गलत भएपनि संसारको इतिहासको बृत्तान्त सहि र गलतकार्यहरुको लेखोट नै हो । हिटलरदेखि फुजिमोरीसम्म र माक्र्सदेखि माओसम्म, कोतपर्वदेखि दरबार हत्याकाण्डसम्म र झापा बिद्रोहदेखि जनयुद्ध र जनआन्दोलनसम्म, यिनैको समिश्रण हो, अन्तर्राष्ट्रिय र राष्ट्रिय इतिहास ।

एमाले ०४७ सालपछि एउटा एजेण्डाबिहिन शक्ति बनेर बस्यो । हरेक छालहरुमा ऊ बगेर छालसँगै हिँड्यो र पौडने हिम्मत गरेन । हरेक शक्तिकेन्द्रहरुसँग नजिक हुने, उनीहरुबाट प्रयोग हुने, धेरथोर लाभ लिने तर उनीहरुको स्थायी विश्वास जित्न नसक्ने शक्तिका रुपमा पनि एमाले चिनिन्छ । संकटकाल लगाएर देशभर सैनिक नरसंहार मच्चाउने योजनादेखि ज्ञानेन्द्रको सत्तालाई टिकाइदिन पनि एमाले नेतृत्व ज्यान फालेर लाग्यो ।

oli०५२ सालदेखि ०६२ सालअघिका सबै सत्तापक्ष र प्रतिपक्षहरुको एउटै प्रण हुने गर्दथ्यो, जसरी हुन्छ, माओवादी सिध्याउने र देशमा शान्ति सुरक्षा नामको मुर्दा शान्ति कायम गर्ने । मान्छे मार्ने काम र अत्याचार सत्तापक्ष र बिद्रोही दुबै पक्षबाट भयो । मात्राको हिसावले ८० प्रतिशत भन्दा बढि हत्याहरु राज्यबाट भएको उनीहरुकै मानव अधिकारबादीहरुको पेटबोली छ । भलै कांग्रेस, एमालेका कार्यकर्ताहरु आफूले सुराकी खर्च थाप्दै सेना र प्रहरी लगाएर मारेका अनगिन्ती जनताहरुलाई पनि एकमुष्ट १७ हजारको कोटामा राखेर माओवादीलाई गाली गर्ने गर्छन् ।

सबै भन्दा लफडाको विषय के भने, संबिधानसभा, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता कुनै पनि एजेण्डा एमालेका आफ्ना होइनन् । यी एजेण्डाहरु माओवादी जनयुद्धले बोकेका र ०६२÷६३ को जनआन्दोलनले संस्थागत गरेका उपलव्धि हुन् । आफूले नचाहेको बाटो हिड्नुपर्दा, आफूलाई मन नपरेको गीत भाका फिराई फिराई गाउनु पर्दा र आफूलाई ढोकाभित्र छिर्न मन नभएको घरको धुरीमा चढेर पूजाको नाटक मञ्चन गर्नुपर्दा, नाम सुन्दै रीस उठ्ने केटाको सिन्दुर पहिरिनु पर्दा, सम्झदै वान्ता आउने भोजन ‘कतिमिठो’ भन्दै खाइदिनु पर्दाको पीडा एमाले नेतृत्वलाई अहिले पनि छ ।

यस हिसावले अहिले उपलव्धिहरु एमालेको लागि सौताको छोरालाई आफ्नो दुध खुवाएर पाल्नु जस्तै बनेको छ । यसैले कुनै एजेण्डा बाँकी नरहेपछि अहिले एमाले कार्यकर्ताहरुलाई व्यस्त गराउन भाका फिराई फिराई अचम्मको राष्ट्रवादको गीत गाउन लगाइएको छ । तर उनीहरुको गायन शैली चमेराको सुगागानजस्तै वित्यासलाग्दो छ । उनीहरुको गीतमा सिंगो नेपालको हितको कुरा हैन, भारत र चीनप्रतिको गाली र कोरा प्रेम मात्रै लिपिबद्ध छ ।

कुनै बाख्रो किनेर खरिदकर्ताले आफ्नो घरमा लैजाँदासम्म उसको अगाडि घाँस देखाएर डो¥याउँदै लगेझैं माओवादीले उसलाई प्रधानमन्त्रीको घाँस देखाएर संबिधान जारी गर्ने बिन्दुसम्म पु¥याएको हो । यति गल्तीचाहिँ प्रचण्डले गरेकै हुन् ।

भारतीयविस्तारवादको नीतिप्रति आक्रोस हैन, सत्तामा रहिरहन सहयोग नगरेको गुनासो छ र यो गुनासोको बदलामा चीनप्रति प्रेमभाव दर्शाइदिने बाँकटे शैली छ । उहि पुरानै शैलीको राष्ट्रवाद, जुन नारा बिगतमा बिभिन्न शक्तिहरुले सत्तामा रहिरहनको लागि प्रयोग मात्रै गर्ने गरेका थिए । यो यस्तो नारा हो, जुननारा केहि नगरी ओच्छ्यानमा सुतेर पनि लगाउन सकिन्छ, नेपालका नदीनाला र प्राकृतिक सम्पदा बिदेशीलाई दिए पनि कछुवाको खपेटो झैं ओढेर बस्न सकिन्छ ।

अहिले माओवादी केन्द्रको नेतृत्व सरकारमा छ र यसलाई बदनाम गर्नका लागि एमालेको सहकार्यमा ठूला लगानीका मिडियाहरु अमूर्त श्रोतको हवाला दिँदै नानाथरी कथा लेखिरहेका छन् । चिनियाँ राष्ट्रपतिको भ्रमण, अरुण तल्लो भारतलाई दिने प्रकरण, रेशम चौधरी भेट प्रकरण, फाष्ट ट्रयाक भारतलाई दिने, सीता दाहालको फोटा, अख्तियारको काण्डहरुकाबारे एमालेको नेतृत्वमा नेपालका प्रमुख मिडिया, अनलाइन, टेलिभिजनहरुले सामान्य शिष्टता र आचारसंहितालाई तिलाञ्जली दिँदै मिशन नै चलाएका छन् ।

अनियमितताको छानबिन एउटा प्रक्रिया हो र हुनुपर्छ तर यसलाई मिशन बनाएर अर्को उद्देश्यप्रति लक्षित हुनुहुन्न । तर अन्नपूर्ण लगायतका प्रमुख भनिने मिडियाहरु अहिले एमालेको पर्चा छाप्ने छापाखानाबाहेक अन्य केहि होइनन् जस्तो लाग्छ । यिनको पहिलोदेखि भित्री सबै पेजहरु माओवादी नेतृत्वको सरकारलाई बदनाम गर्नकै लागि कथा छापिएका भेटिन्छन् । यी झुठा कथाहरुको बाढी उराल्छन् र भोलिपल्टै झुठो सावित हुँदा पनि कहिल्यै भूल स्वीकार गर्दैनन्, बरु अझ झुटलाई पुष्टि गर्न थप कथाहरु लेख्न थाल्छन् ।

सत्ताकालागि जुनसुकै नाराको आविस्कार गर्न, जेसुकै भन्न र जोसँग पनि अंकमाल गर्न तयार हुने एमालेको सुस्वास्थ्यको लागि र उसको रोगको संक्रमणबाट यो देशलाई जोगाउनका लागि उसलाई रोजेको खान्की दिएर भने पनि अब सरकारमा ल्याउन जरुरी देखिन्छ । शाही सत्ताबाट निकालिएको झोकमा रत्नपार्कको आन्दोलनमा मिसिएको एमाले कति खतरनाक हुन्छ र जोसुकैको पनि खेतालो बनेर कान्ला खन्न पछि पर्दैन भन्ने यथार्थ ज्ञानेन्द्रबाट पाठ सिकेर प्रचण्डले उसको हेक्का राख्न जरुरी छ । खबर डबली बाट सभार गरिएको । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah