हुन त भगवान गणेश जीको मुर्ति जताततै पाइन्छ तर आज हामि तपाइँलाई यस्तो मुर्तिको बारेमा जानकारी दिनेछौं जसको मूल्य सुन्दा तपाइँ अचम्मित हुनुहुनेछ ।
गुजरातको सूरत शहर हीरा नगरीको रूपमा चिनिन्छ । यही हीरा नगरीमा गणेशको एउटा मुर्ति राखिएको छ । हेर्दा सानो देखिने यस मुर्तिको मुल्य भारु. ६०० करोड पर्छ ।
हिराको यस गणेश जीको मुर्तिको सबै भन्दा ठूलो विषेशता हो प्राकृतिक । यो मुर्ति बनाईएको होईन यो प्राकृतिक हो । ६०० करोडको गणेश जीको मुर्ति १२ बर्ष देखि सूरतका प्रसिद्ध हीरा व्यापारी कनुभाई आसोदरियाको घरमा छ ।
आसोदरिया परिवारका अनुसार १२ बर्ष अगाडी बेल्जियमबाट आएको कच्चा हिरामा गणेश जिको आकारको मुर्ति भेटिएको हो । यो मुर्ति किन्नको लागि भरतिय नागरिकले ६०० करोड सम्म दिएका छन् तर यि परिवारले भने बेच्न मानेका छैनन् ।



