माघ २५ काठमांडौ । नेपाली चलचित्र जगतका उदयमान निर्देशक रोशन कुमारको आउँदै छु भन्ने बोलको गीत युवट्युव मार्फत सार्वजनिक भएको छ।
रोशन कुमारको निर्देशन रहेको “आउँदै छु” बोलको गीतमा गायक सन्तोष सिलवालको स्वर रहेको छ भने विज्ञान न्यौपाने र सिलवाल स्वयमकै शब्द/संगीत रहेको निर्देशक रोशन कुमारले बताए।
कृष्ण रेग्मी तथा निश्मा पोखरेलको अभिनय रहेको उक्त गीतलाई बुढा सुब्बा डिजिटल प्रा.लि.ले युवट्युव मार्फत सार्वजनिक गरेको हो।



