माघ २५ काठमाडौं। यतिबेला चलचित्रका कलाकार तथा प्राविधिक टोली छायाँकनका लागि सुदुरपश्चिमको दार्चुला पुगेका छन । शुभेच्छा सिने फ्रेमको प्रस्तुति ‘लक्ष्मी रानी’ चलचित्रको छायाँकन गर्न कलाकारको टोली नेपाल–भारत सिमाना दार्चुला क्षेत्रमा पुगेको हो ।

‘यतिबेला यहाँ हिउँ परिरहेको छ, हामीले यहाँको परिबेश अनुसार सुटिङ गरिरहेका छौं, लक्ष्मी रानी चलचित्रकी निर्देशक शुभेच्छा थापाले भनिन्,‘दश दिन दार्चुलाको ग्रामिण क्षेत्रमा सुटिङ हुनेछ ।’ यो चलचित्रमा गाउँको अबस्था र शहरी परिवेशको चित्रण हुने भएकोले फिल्म युनिटको रोजाई दार्चुला भएको उनले जानकारी गराईन् ।

सिमानामा सुटिङ चलिरहेको छ, पारि भारतपट्टि धार्चुला छ, वारी चिसो मौसमले हिउँ परेको भएपनि सुटिङमा कुनै ब्यबधान नभएको थापाले बताइन् ।गत तिहारको लक्ष्मीपुजाको दिनमा शुभमुहुर्त गरिएको ‘लक्ष्मी रानी’ बिशुद्ध सामाजिक कथामा आधारित चलचित्र हो ।

ग्रामिण क्षेत्र र शहरी क्षेत्रका महिलाहरुले जीवन बिताउन भोगेका अलग–अलग संघर्षको ब्यथा र धर्म सस्कृतिका बारेमा चलचित्रले आफ्नो कथामा समेट्ने प्रयास गर्ने फिल्म युनिटले जनाएको छ ।

‘लक्ष्मी रानी’ चलचित्रमा शुभेच्छा सहित धिरेन शाक्य, मिथिला शर्मा, नयाँ प्रस्तुतिमा विनोद त्रिपाठी, जयकिशन बस्नेत, भोजपुरी कलाकार परदेशी साह, श्याम राई, पल्पसा डंगोललगायतका कलाकार रहेका छन् ।

हालसम्म कलाकार तथा निर्माता बन्दै आएकी नायिका शुभेच्छाले ‘लक्ष्मी रानी’ चलचित्रबाट पहिलो पटक निर्देशनमा डेब्यु गर्देछिन् । ‘आधा दर्जन चलचित्रमा सहायक निर्देशनमा काम गरेको अनुभवले पनि मैले यो चलचित्रको निर्देशनको भुमिकामा सफल हुने बिश्वास लिएकी छु, उनले भनिन् । चलचित्र आगामी ०७६ सालको तिहारमा प्रदर्शनमा आउने भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah