काठमाडौं । सामाजिक सञ्जाल बेलाबेला खहरेको भेल झै उर्लिन्छ । त्यो भेलले कुनै बेला कसैलाई नायक बनाइदिन्छ, कसैलाई खलनायक । कुनै समय सामाजिक सञ्जालमा ‘तरकारीवाली’ उपनामबाट चर्चित भएकी कुशुम श्रेष्ठ हिजोआज के गर्दै छिन् त ? यो चासोका कारण हामीले उनलाई नेपालआजको स्टुडियोमा बोलाएका छौं ।

फोटोग्राफर रुपचन्द्र मर्हजनले खिचेको तस्बीर रातारात हिट भएपछि कुशुमको परिचय पनि बदलियो । उनी कुशुमबाट तरकारीवाली बनिन् । उनीप्रति चासो र रुची धेरैमा देखियो । ‘तरकारीवाली’का नाममा गीत बने, थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचार बनिन् यिनी । एउटा सिनेमामा नायिकाको रोलमा पनि उनले काम गर्ने अवसर पाइन् ।

उनले अभिनय गरेको पहिलो चलचित्र ‘लम्फु’ ले असफलता हात पारे पनि उनको यो क्षेत्रमा पूर्णविराम नै चांँही लागिसकेकोे छैन । मोडल एवं नायिकाको रुपमा स्थापित हुन उनी अहिले पनि मेहनत गरिरहेकी छिन् ।

केही समयदेखि मिडियामा नआएकी कुशुमले आफू नयाँ चलचित्रको तयारीका लागि व्यस्त रहेको बताइन् । उनी नृत्य र अभिनयको कक्षा पनि लिइरहेकी छिन् ।

चलचित्र तथा म्युजिक भिडियोमा अभिनय गर्न व्यस्त रहे पनि उनले पढाइलाई भने निरन्तरता दिइरहेकी छिन् । बिबिएस. प्रथम वर्षमा अध्यानरत कुशुमलार्ई अझै पनि थुप्रै प्रेमप्रस्तावहरु आउने गरेका छन् । पहिलेकै

तुलनामा अझै पनि प्रेम प्रस्तावहरु आउने तर आफू करियर बनाउनमा फोकस रहेकाले कसैको प्रस्ताबलाई पनि स्वकिार नगरेको उनले बताइन् ।

चर्चामा आएपछि करियर बनाउन सजिलो भएको उनको अनुभव छ । तर मेहनत भने धेरै नै गर्नुपरिरहेको उनले बताइन् ।

चर्चामा आउन मानिसहरुले मुख छाडेर, जथाभावी लेखेर, अमर्यादीत हाउभाउ गरेको देखेर उनलाई अचम्म लागेको छ । उनले भनिन्, ‘आफ्नै परिवारलाई पनि अस्वभाविक हुने काम कसरी गर्न सक्छन् मान्छेहरु ?’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah