९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा निर्वाचित भएका छन् । राजधानीको भृकुटीमण्डपमा जारी एकता महाधिवेशनमा सोमबार भएको मतदानमा प्रतिद्वन्द्वी प्रदीपविक्रम राणालाई २५ सय मतको फराकिलो अन्तरले पराजित गर्दै थापा अध्यक्ष बनेका हुन् ।
निर्वाचनमा थापाले दुई हजार ८०४ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी राणाको पक्षमा २५१ मत मात्रै खस्यो । कुल ३ हजार १३६ मत खसेको निर्वाचनमा ८१ मत बदर भए ।



