काठमाडौं, १० फागुन । व्यवस्थापिका संसदको आज बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित भएको छ । संसद सचिवालयले प्राविधिक कारण देखाउँदै बैठक भोलि २ बजेसम्मलाई स्थगित गरिएको जनाएको छ ।
तर, आजको बैठकमा संविधान संशोधन विधेयक अघि बढाउने कार्यसूचीमा दलहरुबीच सहमति हुन नसकेपछि सभामुखको निर्देशनमा सचिवालयले बैठक स्थगित गरिएको स्रोतले बतायो ।
खासगरी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रहित विपरितको संविधान संशोधन विधेयक अगाडि बढाए संसद अवरुद्ध गर्ने अडान लिएपछि बस्नु अगावै बैठक स्थगित हुन पुग्यो ।
संशोधन विधेयकमा एमालेसँग सहमति खोज्न प्रधानमन्त्री प्रचण्डले आजै संसद भवनभित्र सर्वदलीय बैठक आह्वान गरेका छन् ।



