काठमाडौँ । हावा प्रदुषण भएकै कारण मानव शरिरमा विभिन्न प्रकारका रोेगहरु लाग्ने गर्छ । पछिल्लो समय गरिएको एक अध्यनले शहरवासीको लागि प्रर्याप्त अक्सजन नभएको बताएइको छ । त्यो भन्दा बढी उपत्यकाबासीहरुमा अपर्याप्त हावा भएकाले उनीहरुलाई सास फेर्न समेत गाह्रो हुन्छ । काठमाडौँबासी शुद्ध हावा लिन पाएका छैनन् ।
अधिकांश शहरी क्षेत्र वायु प्रदुषणको चपेटामा रहेका छन् । स्वास्थ्यको लागि स्वस्थ खानपानको जति आवश्यकता रहेको छ त्यतिकै मात्रामा स्वथ हावाको आवश्यकता रहेको छ । शरिरमा पर्याप्त मात्रामा हावा भएन भने शरिरमा विभिन्न प्रकारका रोगहरु लाग्ने गर्छ ।
अक्सिजन निशुल्क प्राप्त हुने चिज हो । बढ्दो शहरीकरण र उद्योग कलकारखानाको कारण शहरबासीमा यस्तो समस्या बढ्दै गएको छ ।
त्यसकारण यस्तो अवस्थामा हामीले आफ्नो घरवरपर सम्भव भएसम्म बोटविरुवा रोप्नुपर्छ । रुख विरुवा रोप्ने काममा हामीले सहयोगी भूमिका अपनाउनु पर्छ । घर आगन बार्दलीमा नै उमार्न सकिने वनस्पतिहरु रोपेर पनि आफ्नो घर वरिपरको हावालाई स्वच्छ बनाउन सकिन्छ ।
१.चमेली : आफैमा सुन्दर फूल चमेली विभिन्न सजवाटके सामाग्रीमा प्रयोग गर्न सकिन्छ । सानो बुट्यान भएकाले घर वा बगैंचामा पनि चमेली लगाउन सकिन्छ । चमेलीले वायुमण्डललाई शुद्धिकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । चमेलीले सकारात्मक उर्जा प्रवाह गर्छ ।
२.घिउकुमारी : आयुर्वेदिक वनस्पति मध्येको एक हो घ्यूकुमारी । सयौँ औषधीय गुणले भरिपूर्ण रहेको घ्यूकुमारी स्वास्थ्य सौन्दर्य दुवैको लागि प्रयोग गरिन्छ । घ्यूकुमारी घर बगैचामा सजिलै लगाउन सकिन्छ । यसले रातको समयमा अक्सिजन प्रवाह गर्ने भएकाले घ्यूकुमारी भएको आसपासको क्षेत्र स्वास्थ्यको लागि राम्रो रहेको हुन्छ ।
३.तुलसी : भगवानको रुपमा पुजिने तुलसीलाई उपयोगी वनस्पतिको रुपमा लिइन्छ । आयुर्वेदिक तर्फ खास महत्व रहेको तुलसीलाई औषधीको रुपमा वृद्धवृद्धा बच्चा सबैले प्रयोग गर्न सक्छन् । बहुउपयोगी तुलसीले वतावरणलाई पनि स्वच्छ राख्छ ।
४.पुदिना : पुदिनाको स्वादलाई आचारमा समेत प्रयोग गर्न सकिन्छ । पुदिनलाई पेटको समस्याको लागि प्रयोग गरिन्छ । यसलाई आफ्नो घरवरपर बगैँचामा रोप्नाले हावालाई शुद्ध बनाउँछ ।



