ज्योतिष शास्त्रमा हरेक ग्रहको राशि परिवर्तनले छुट्टै महत्व राख्ने गर्छ। मंगल ग्रह भदौ ११ को दिन साँझको ८ बजे मकर राशिमा गोचर हुँदैछ। मंगल ग्रहले राशि परिवर्तन गर्दा सबै राशिहरुलाई फरक-फरक असर पार्ने हुन्छ। मंगलको दशा भएमा भूमि, भवन, सवारी आदि क्षेत्रमा असर गर्ने गर्छ। मंगल राशि परिवर्तनले कुन राशिलाई कस्तो असर पर्छ त हेर्नुहोस् ?
मेष– यस राशिको स्वामी मंगल ग्रह रहेको छ। तर यस राशि परिवर्तनले मेष राशिलाई भने असरनै गर्नेछ। तर रोकिएका कार्य भने शुरु हुन सक्ला। आर्थिक रुपमा सबै लाभ मिल्ने भएता पनि जागिरस्थलमा भने केहि गार्हो हुने देखिन्छ।
वृष– यस राशि हुनेहरुमा धर्म-अध्यात्म बढेर जाने देखिन्छ। राशि परिवर्तनले प्रत्येक क्षेत्रमा भनेको जस्तै लाभ दिलाउन सक्ला। साझेदारीले फाइदा मिल्न सक्ला। तर क्रोधमा भने नियन्त्रण राख्नु पर्ला।
मिथुन– यस राशि भएकाहरुको पारिवारिक जीवनमा धेरै सुखी आउने देखिन्छ। आर्थिक समस्याहरु सबै हल भएर जाने देखिन्छ। जागिरको शिलशिलामा यात्रा हुन सक्ला भने मंगल ग्रहले सबै कानुनी समस्यामा पनि सहयोग गर्ने देखिन्छ।
कर्कट– पारिवारिक र प्रेम जिवनमा मधुरता छाउने देखिन्छ भने सामाजिक रुपमा रहेका समस्या पनि मंगल ग्रहको असरका कारण हल भएर जाने देखिन्छ। आर्थिक लाभको कारण भने जीवनमा धेरै परिवर्तन आउन सक्ला।
सिंह– मंगल ग्रहको राशि परिवर्तनको कारण स्वास्थ्य सम्बन्धि रहेका सम्पूर्ण समस्या हल हुने देखिन्छ। साझेदारीमा भएका सम्पूर्ण असमानताहरु हट्न सक्ला। आर्थिक रुपमा घाटामा कमि आउन सक्ला।
कन्या– यस राशिलाई मंगल ग्रहको प्रेम सम्बन्धमा धेरै राम्रो असर हुने देखिन्छ। तर नयाँ कार्य थालनीको लागि भने रुकावट ल्याउन सक्ने देखिन्छ। आर्थिक र भौतिक सुख मिल्ने भएता पनि बोलीमा भने नियन्त्रण राख्नु पर्ला।
तुला– आर्थिक मामलामा राम्रै असर पर्ने भएता पनि स्वास्थ्यमा भने धेरै नराम्रो असर पर्ने देखिन्छ। टाढाको यात्रामा पनि मंगल ग्रहले धेरै असर पर्ने देखिन्छ। भौतिक सम्पतिको बिक्रि गर्दा धेरै विचार गर्नु पर्ने देखिन्छ।
वृश्चिक– यस राशिलाई मंगल राशिले धेरै नराम्रो असर गर्ने देखिन्छ। भौतिक सुखको लागि अत्याधिक खर्च हुन सक्ने देखिन्छ। स्वास्थ्यले पनि साथ नदिन सक्ला। यात्रा गर्ने समयमा धेरै गार्हो रहने देखिन्छ। तर धार्मिक कार्यले भने मनमा शान्ति दिन सक्ला।
धनु– यस राशिको लागि मंगल ग्रहले धन संग्रहणमा धेरै सहयोग पुर्याउन सक्ला। तर साझेदारीमा झगडा हुने देखिन्छ। कानुनी रुपमा समस्या बढ्न सक्ला। कसैलाई आर्थिक ऋण दिने समयमा पनि संयम रहनु पर्ने देखिन्छ।
मकर– मंगल ग्रहले मकर राशि हुनेहरुलाई शारीरिक रुपमा धेरै फाइदा पुर्याउने देखिन्छ। प्रेमिसँगको आकर्षण बढ्न सक्ला। कार्य स्थलमा परिवारको पनि धेरै सहयोग मिल्न सक्ने देखिन्छ। आफन्तजनसँगको सम्बन्ध पनि सुध्रिने देखिन्छ।
कुम्भ– मंगल ग्रहको राशि परिवर्तनले अनावश्यक खर्च बढाउन सक्ला। बिना कारण झगडा हुने हुँदा बोलीमा नियन्त्रण राख्नु पर्ने देखिन्छ। जीवनसाथीबाट केहि हदसम्म सहयोग मिल्ने भएता पनि लेन-देनमा भने धेरै समस्या हुन सक्ला।
मीन– नयाँ आर्थिक श्रोत फेला पर्नाले मनमा शान्ति मिल्नेछ। मंगल ग्रहले परिवारमा मीन राशिहरुको खुसि ल्याने देखिन्छ। फसेको पैसा उठाउने समय रहनेछ। सामाजिक प्रतिष्ठा बढ्न सक्ला। साभार फेसबुक



