काठमाडौं । बच्चालाई स्वस्थ र फूर्तिलो बनाउनको लागी गर्भवस्था देखिने आमाले विशेष ध्यान दिनुपर्दछ । बच्चा जन्मेपछि बच्चाको खानपानको सम्बन्धमा पनि उत्तिकै ध्यान दिदै सावधानी अपनाउनुपर्दछ । यदि खानपानमा सामान्य खराबी वा त्रुटी देखापरेमा पनि बच्चालाई निकै हानी गर्दछ । जसको कारणले बच्चा बिरामी पर्न जान्छन् । ६ महिनापछि आमाको दुधसगैं पौष्टिक तत्वले भरिएको खानेकुरामा जोड दिनुपर्दछ ।

बच्चाले करिब ३ वर्षसम्म जे खान्छन् त्यो नै उसको पुरा जीवन हो । यहि खानपानको कारणले बच्चाको आनीबानीमा समेत असर पुग्दछ । आज हामी करिब ६ महिनादेखि बच्चालाई ३ वर्ष सम्म कस्ता खानेकुरा खुवाउने भन्ने बारेमा बताउँदैछौं । हामीले बताउन लागेका खानेकुरा बच्चालाई खुवाउने हो भने बच्चा स्वस्थ, फूर्तिलो र तनरुस्त हुन्छ ।

१. बच्चा जन्मेको ६ महिना सम्म आमाको दुधमात्र खुवाउने गर्नुपर्दछ । त्यसपछि पानी, दुध बोतलबाट खुवाउन सुरु गरी बच्चाको आहारमा सामान्य खानेकुरा जस्तै घरमै बनेको दाल, खीर, लिटो आदि खुवाउनुपर्दछ । त्यसैगरी केरालाई दुधसगँ मुछेर वा मिक्चरमा चलाएर स्याउ, मेवा, आँप जस्ता फल पनि खानदिनुपर्दछ ।

२. बच्चा जब सात महिनाको हुन्छ तब राम्ररी पकाइएको तरकारी मिचेर मसिनो बनाई खुवाउनुहोस् ।

३. बच्चा करिब ८ महिनाको भएपछि दाल वा खिचिडी गलाएर खुवाउनुहोस् ।

४.बच्चा नौ महिनाको भएपछि गाई वा भैसीको दुध पिउन दिनुहोस् ।

५. एक वर्षदेखी बच्चालाई सन्तुलित र पूर्ण आहार खुवाउदै ३ वर्ष सम्म यहि क्रमलाई अगाडी बढाई खानेकुराको मात्रालाई बढाउनुहोस् । एजेन्सी,

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah