प्रत्येक मानिसलाई चिनाउने काम नामले गर्दछ । नाम एक मानिसको चिनाउने संज्ञा हो । यहि नामबाट नै हामीले हाम्रो जीवन अगाडी बढाइरहेका हुन्छौं । सबैले अनुभुती गरेका पनि छन् जहाँ तपाईको नाम उच्चारण हुन्छ, त्यहाँ तपाई आफू कान ठाडो बनाउन थाल्नहुन्छ, यहाँबाट पनि प्रष्ट हुन्छ आफ्नो नामको कति महत्व छ भनेर । धेरै पहिलेदेखिनै ठूलाबडा अग्रजहरुले आर्शिवाद दिदैँ आइरहेका पनि छन् कि नाम कमाउनु, तर नाममा के छ, भन्ने बारेमा धेरैमा प्रश्न उठ्ने गर्दछ । यदि तपाईको नाम अर्कै भएमा नमिल्ने र असहजको महशुस तपाईलाई हुन्छ । यस्तो हुनुको कारण जुन नामले तपाईलाई बोलाइन्छ त्यो नामले अर्थ राख्दै आइरहेको हुन्छ । नामकै कारणले एकले अर्कालाई चिन्न, चिनाउन र बुझाउन सकिन्छ ।

कुनैपनि बच्चाको जन्म भएपछि नाम राखिन्छ । यो एउटा विधीको साथमा संस्कार पनि हो । हाम्रो पूवीर्य दर्शनको अनुसार नाम विधिगत स्वरुप राखिने गरिन्छ । हिन्दुपद्धतीमा नामकरण गर्ने संस्कारलाई निकै व्यवस्थित गरिएको छ। बच्चाको नाम राख्ने काम हिन्दुसंस्कारमा बच्चा जन्मिएको ग्रह, नक्षत्र, दिनरात, घडी पाला आदिको अवस्थितीलाई बुझेर राख्ने गरिन्छ,जसलाई न्वरान भनिन्छ । हिन्दु पद्धतीमा १६ संस्कारमध्ये एक संस्कारनै न्वरान हो । न्वारान राख्ने व्यक्ति ज्योतीष विज्ञानमा पोख्त हुनुपर्नेछ । यसले धार्मिक रुपमा मात्र नभएर वैज्ञानिक रुपमा समेत अर्थ राख्ने गर्दछ । बच्चाकोनामकरण संस्कारको पछाडि वैज्ञानिक अर्थवैज्ञानिकमा भनिएको छ कि, त्यस दिन शिशुलाई जुन नामले पुकारिन्छ, त्यसमा उसको गुणको अनुभूति हुनेछ र यहि नामले उसले जीवनभर बोकेर सघर्ष गर्दछ ।
जब बच्चा जन्म हुन्छ, त्यसदिन र समयको हिसाबमा सौयमन्डलमा ज्यामितीय स्थिती, नक्षत्रको चालको आंकल गरिन्छ । यहि नक्षत्रको चालको आधारमा एक खास नाम तय गरि राखिने कारणले नाम उपयोगी र अर्थपूर्ण समेत हुनसक्दछ । जब बच्चालाई त्यस नामबाट बोलाइन्छ तब आसपासको वातावरणमा त्यसको आवृत्तिमा ध्वनी पैदा हुन्छ । संस्कृतमा अलग अलग किसिमको ५४ वर्ण हुन्छ । छाटो ध्वनीको माध्यामबाट मान्छेको नामकरण गर्ने गरिन्छ। यदि सहि नामको उच्चारण गर्ने हो भने वातावरणमा नयाँ ध्वनी पैदा भई शिशुको जीवन बदल्नको लागी सहयोग समेत पुगी नाम अर्थपूर्ण रहन्छ ।



