१३ फागुन । आफ्नो गल्ती बिना कसैले वर्षौंको जेल सजाय भोग्नुप¥यो भने उसले कस्तो महसुस गर्ला ? वर्ष हैन बिनाकसुर एकाध दिन जेल सजाय पाएमा पनि उसका लागि त्यो ठूलो घात हुन्छ ।

यस्तै घात सहिरहेका छन्, सोलुखुम्बु सोताङका दुई वृद्धहरु ७३ वर्षीय भूपध्वज बस्नेत र ६३ वर्षीय नइन्द्रबहादुर राईले । विसं २०६५ असोज १३ गते सोलुखुम्बुको सोताङमा लोकबहादुर विश्वकर्माको गोली हानी हत्या गरेकोे आरोपमा जेलमा रहेका उनीहरु गत बुधबार सर्वोच्च अदालतले निर्दोष रहेको फैसला गरेपछि बिहीबार जेलमुक्त भएका छन् ।

बिहीबार जेलमुक्त भएपछि दुई वृद्धले हत्यासँग कुनै सम्बन्ध समेत नभएका आफूहरुलाई अनाहकमा साढे ८ वर्ष जेल राखेको भन्दै दुखेसो गरे ।

कर्तव्य ज्यानको कसुरमा २०६५ साल कात्तिक ७ गते जिल्ला अदालत सोलुखुम्बुको आदेशमा दोषी ठहर्दै सोताङका दीपेन्द्र नाछिरिङ, केदार नाछिरिङसँगै भूपध्वज बस्नेत र नइन्द्रबहादुर राई पनि जेल चलान भए ।

दीपेन्द्र र केदार अदालतको आदेशमा मौन रहेपनि २० वर्ष कैद सजाय पाएका ७३ वर्षीय भूपध्वज र ६३ वर्षीय नइन्द्र राई न्यायका लागि पुनरावेदन अदालत राजविराज गए । पुनरावेदन अदालतले पनि भूपध्वजलाई ज्येष्ठ नागरिक भएबापत ५ वर्ष सजाय कम गर्नेबाहेक जिल्ला अदालतकै फैसलालाई सदर ग¥यो ।

पुनरावेदनबाट पनि न्याय नपाएको महसुस गरे । भरुवा बन्दुक प्रयोग गरी कर्तव्य गरिएको कसुरमा आफ्नो कुनै संलग्नता नरहेको भए पनि सजाय भोग्नुपर्दा छट्पटिएका भूपध्वज र नइन्द्र न्यायका लागि अन्तिम बिन्दु सर्वाेच्च अदालतको शरणमा पुगे । उनीहरुले सर्वाेच्च धाएको ४ वर्षपछि बुधबार फैसला भयो । सर्वाेच्चले निर्दाेष रहेको ठहर गरेपछि उनीहरु ८ वर्ष ६ महिना अनाहकमा जेल जीवन बिताएर बिहीबार बाहिरिएका छन् ।

सर्वाेच्चबाट न्याय पाएपछि खुसीहुदै कारागारबाट बाहिरिँदा सोताङ–३ देउरालीका ७३ वर्षीय भूपध्वज बस्नेतले भने “नखाएको विष लाग्यो, तैपनि नगरीकन भोग्नु परेको पापको छिटा जिउँदै हुँदा मेटिँदा खुसी छु ।”

बस्नेतसँगै जेल परेका ६३ वर्षीय नइन्द्रबहादुर राइले गुमेको खुसी सर्वाेच्चले फेरि फर्काइदिएको बताए। परिवारसँग बसेर आराम साथ जीवन जिउने बेलामा अनाहक जेलको चिसो सहनु मात्र हैन अदालत धाउँदा रु १२ लाख सकिएको भन्दै भूपध्वजले प्रश्न गरे, “हामीले अनाहकमा जेल बसेको र लागेको खर्च कसले बेहोर्छ ?”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah