काठमाडौं । आज आईतबारबार सुनको मुल्य ९ सय रुपैयाँले घटेको छ। आज छापावाल सुन प्रतितोला ६१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि सुनको मूल्य ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुन प्रतितोला ६१ हजार २ सय रुपैयाँमा कारोबार भइृरहेको छ। यसअघि तेजावी सुन प्रतितोला ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि ओरालो लागेको छ। शुक्रबार ७७५ रुपैयाँमा कारोबार भएको सुनको मूल्य घटेर आज ७६० रुपैयाँ भएको छ। काठमाडौँ उपत्यका बाहेकका जिल्लामा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।



