
काठमाडौँ। भारतको चर्चित टेलिभिजन च्यानल ‘जी टिभी’को चर्चित बालगायन रियालिटी कार्यक्रम ‘सारेगामापा लिटिलच्याम्प’मा नेपालका दुई बालगायकले तहल्का मच्चाइरहेका छन्। नेपालका प्रितम आचार्य र आयुष केसीले आफ्नो प्रस्तुतिले जज र जुरी मेम्बर सबैको मन जित्न सफल भएका छन्।
यसैबीच ‘जी टिभी’ले चर्चित बालगायन रियालिटी कार्यक्रम ‘सारेगामापा लिटिलच्याम्प’को प्रोमो सार्वजनिक गरेको छ। प्रोमोमा प्रितमले अर्को धमाकेदार प्रस्तुति दिएको देख्न सकिन्छ। प्रोमोमा देखिए अनुसार प्रितमले आफ्नो प्रस्तुतीमा १०० मा १०० प्रतिशत ल्याएका छन्। उक्त गायन रियालिटी शो को टप १५ मा परिसकेका प्रितमले पहिलो राउन्डमै १००% मा १०० % पाएका थिए। उनले गत हप्ताको प्रस्तुतिमा पनि १०० % नै पाएका थिए। उनले प्रस्तुति दिएको एपिसोड आइतबार बेलुका ९:१५ मा प्रसारण हुनेछ।



