प्रचण्ड र देउवाको संयुक्त सरकारलाई मधेसी नेता तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले तस्कर र माफियाले सञ्चालन गरेको सरकार भनेर ठाडै आक्रमण गरेका छन् ।
मधेसी मोर्चालाई संविधान संशोधन गरेर चुनावमा राजी बनाउने कसरत गरिरहेका प्रधानमन्त्री प्रचण्डलाई थचक्कै पर्नेगरी भाँचो हान्ने उपेन्द्र सबैभन्दा कडा सरकारविरोधी भएर निस्किएका छन् ।
उनले यस्तो सरकारलेपनि चुनाव गराउन सक्छ भनेर प्रश्नसमेत उठाएका छन् ।
भर्खरैमात्र अध्यक्ष यादवले पूर्वसहमतिअनुसार यी दुबै दलले कुनै पनि काम नभएको बताए हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिने अवस्था शुरु गरिसकेका छौं ।
हामीले दिएको समर्थनको दुरुपयोग भयो । केही दिनमै समर्थन फिर्ता लिन्छौं र संसद छाडेर मधेस झर्छौं ।
उपेन्द्रको आरोप छ :- सरकारले न्यायालयलाई ध्वस्त बनायो । राजदूत नियुक्तिमा दलालहरूलाई ल्यायो । मुलुकमा भ्रष्टाचार बढेको छ । शुसासन छैन ।
कानूनी राज्य छैन । माफिया र अपराधीले देश चलाएका छन् । अपराधीहरू आजकाल प्रधानमन्त्री र मन्त्रीहरूसँग सँगै हिँड्छ । देशलाई तहसनहस बनाइसके ।



