काठमाडौँ । यदि तपाईको घरमा बच्चा छन् भने बच्चाले खाना नखाएर तपाईलाई हैरान त पक्कै बनाएका होलान् । बच्चाले खाना नखाएर तपाई आफै दिक्क हुनुभएको होला ।

यदि तपाई आफ्नो बच्चालाई सजिलै खाना खाने बनाउन चाहनुहुन्छ भने बच्चालाई खाना खुवाउने कार्यक्रम बनाउनुपर्छ । आज हामी तपाईहरुलाई बच्चालाई खाना कसरी कुन समयमा कति समयको फरकमा खुवाउने भन्ने बारे बताउन गइरहेका छौँ ।

१.हरेक चार घण्टामा एकपटक खानेकुरा खुवाउनुपर्छ । चार घण्टा नपुगी बच्चालाई सानो ठूलो कुनै पनि खानेकुरा खुवाउनुहुँदैन् । खाना खुवाउनुभन्दा दुई घण्टा अगाडी नै पानी खुवाउनुपर्छ ।

२.खाना खाने समय सिमित तोकिएको हुनुपर्छ ।

३.बच्चालाई एक दुइवटा खेल्ने सामाग्री दिएर शान्त स्थानमा राख्नुपर्छ ।

४.बच्चालाई खाना खुवाउने व्यक्तिको पनि मुड फ्रेस हुनुपर्छ ।

५.बच्चालाई खाना खुवाउँदा सजिलो स्थानमा राखेर खुवाउनुपर्छ । आफै खान सक्ने बच्चाहरुको लागि उनीहरुले बसेर खान सक्ने अग्लो कुर्सीमा राखेर खुवाउनुपर्छ ।

६.बच्चालाई खाना खुवाउने व्यक्ति आदर्श व्यक्ति हुुनुपर्छ । जसलाई बच्चाले मन पराउछन् र भनेको मान्छन् ।

आफै खान सक्ने बच्चाको लागि अपनानुहोस् यी उपाय

१.बच्चाहरु आफैले खाना खानको लागि नखुवाई आफै खान सहयोग गर्नुपर्छ ।

२.खानालाई पुरस्कारको रुपमा लिनु हुँदैन् ।

३.बच्चाहरुले खानालाई खेल बनाउन थालेको खण्डमा खाना खानेक्रम रोक्नुपर्छ ।

४.खाना खाने समयमा खेल्नु हुँदैन् । खाना खाने समयमा खेल्न थाले भने खाना नखाने सम्भावना धेरै हुन्छ ।

५.बच्चाहरु खाना खाने बेलामा रिसाएर फाल्न थाले भने तत्काल खाना खुवाउन बन्द गर्नुपर्छ ।

६.खाना खाने कुरासँग सम्बन्धित नियमहरु बनाउन जरुरी हुन्छ । खाना नखाइसकुनजेल नउठ्ने , खाना नफाल्ने जस्ता नियम बनाउनुपर्छ । यस्तो नियम उमेर हेरेर निर्धारण गर्नुपर्छ । खाना खान नथाल्नुजेलसम्म विस्तारै नियमहरु सिकाउँदै जानुपर्छ ।

७.बच्चाहरुले खाना खाने समयको नियम नसिक्नुजेलसम्म नम्र भएर सधै सिकाउनुपर्छ ।

८.बच्चाले खाना खाने समय रमाइलो हुनुपर्छ । बच्चासँग कुराकाीन गर्नुपर्छ । बच्चाले राम्रारी खाना खाएमा धन्यवाद दिनुपर्छ । फुक्र्याउनुहुँदैन् कम खाएमा गाली गर्नु हुँदैन् ।

९.खाना खाने समयको नियम पालना नगरेमा पुन खाना खाने नियमहरु सिकाउने ।

१०.बच्चालाई दिएको खाना खाइसकेमा राम्रा राम्रा कुराहरु गरेर फेरि खाना थप्न प्रेरित गर्ने ।

११.खाना खाने समय सक्केपछि प्लेट उठाउने र अभिभावकले बच्चालाई कराउने गाली गर्ने गर्नुहुँदैन् ।

१२.खाना नखाएसम्म मिठाइ वा चक्लेट खुवाउनुहुँदैन् ।

१३.बीचमा खान खोजेमा नियमहरुलाई बन्द गरेर हार नमानी फेरी त्यही नियमलाई निरन्तरता दिनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah