अर्जुन राजवंशी, दमक

फाल्गुन १६, २०७३- चेकमा अंक र अक्षर थपी किर्ते गरेर अटो प्लाजा दमकका लेखापालले करोडौं रुपैयाँ हिनामिना गरेका छन् । लेखापाल मोतिराम अधिकारीले अटो प्लाजाको साढे पाँच करोड बढी रुपैयाँ हिनामिना गरेका हुन् ।

दमक–१० का अशोक थापा र बबरजंग थापा दाजुभाईको नाममा रहेका विभिन्न फार्मबाट अधिकारीले सो रकम हिनामिना गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन लिम्बुले जानकारी दिए । उनलाई प्रहरीले फागुन १ गते पक्राउ गरेको थियो । घटना भने आइतबार मात्र औपचारिक रुपमा सार्वजनिक गरियो । लेखापाल अधिकारीले प्लाजाको एनआइसी एसिया बैंकमा रहेको खाताबाट विभिन्न मितिमा रकम झिकेर लगेको पाइएको छ ।

भौचरमा मालपोतको राजश्व तिरेको भनि ५५ हजार ५ सय लेखेर सञ्चालकलाई चेकमा हस्ताक्षर गराएपछि लेखापाल अधिकारीले चेकमा अंक र अक्षर थपेर ५ लाख ५५ हजार ५ सय रुपैयाँ झिकेको पाइएको छ । यस्तै प्लाजाका कर्मचारी गोपाल अधिकारीलाई तलब बापत ५ हजार ९ सय रुपैयाँ भुक्तानी दिन काटिएको चेकमा पनि अंक र अक्षर थपेर १५ लाख ५ हजार ९ सय रुपैयाँ झिकेको पाइएको छ ।

यस्तै उनले पिट्टी क्यास ४ हजार ४५० रुपैयाँको चेकबाट अंक र अक्षर थपेर १५ लाख ४ हजार ४५०, आरपीआर इन्टरकन्टिनेन्टललाई सापटी भुक्तानी ६९ हजार ९ सय रुपैयाँको चेकबाट ९ लाख ६९ हजार ७ सय, अर्को पिट्टी क्यास २ हजार ५९० को चेकबाट १४ लाख २ हजार ५९० रुपैयाँ बैंकबाट झिकेको सञ्चालक बबरजंग थापाले जानकारी दिए । थापाका अनुसार चेकमा अंक र अक्षर थपेर पटक–पटक बैंकबाट लाखौं रुपैयाँका दरले निकालेको पाइएको छ । थापाले भने,‘उनले पटक–पटक पैंसा बैंकबाट झिकेको पाइयो । तर कुन–कुन शिर्षकमा रकम झिकियो भन्ने कागजपत्र चाही केही भेटिदैन । अहिले हामीले बैंकलगायत अन्य क्षेत्रको कागजपत्रबाट खोजी गर्ने काम गरिरहेका छौं ।’

सञ्चालक थापाका अनुसार बैंकबाट नगद झिक्नुका साथै दुई वटा नयाँ गाडी समेत अवैध रुपमा बेचेर नगद लगेका छन् । कार्यालयको ४२ नम्बर भ्याट बिल काटेर ५१ लाख ५६ हजार मूल्यको बा १६ च ४५७५ नम्बरको क्रेटा गाडी बेचेका छन् । त्यस्तै अधिकारीले २६ लाख ५६ हजार मूल्यको बा १५ च ३६१३ नम्बरको आई–टेन गाडी समेत बेचेको सञ्चालक थापाले बताए । थापाले भने,‘उनले (अधिकारीले) चेक काट्दा अगाडि केही भाग खाली राखेर चेक काट्दो रहेछ । हामीले हस्ताक्षर गरिसकेपछि खाली राखेको ठाउामा अंक र अक्षर भरेर रकम झिकेको पाइयो ।’ अधिकारी २०७१ जेठदेखि थापाको अटो प्लाजामा लेखापालका रुपमा कार्यरत थिए ।

थापा दाजुभाईको अटो प्लाजा, अटो प्लाजा कन्सर्न, अटो प्लाजा इन्जिनियरिङ, खुसी इन्टरकन्टिनेन्टल र आरपीआर इन्टरकन्टिनेन्टलका नाममा रहेका बैंक खाताबाट लेखापाल अधिकारीले रकम झिकेर लगेको थापाले बताए । सञ्चालकहरुले बैंकमा रकम नभएको र दुई वटा गाडी हराएको थाहा पाएपछि लेखापाल अधिकारी गत माघ ६ गतेदेखि बेपत्ता भएका थिए । अधिकारीलाई ठगी मुद्दा अन्तर्गत म्याद थप गरेर अनुसन्धान गर्ने कार्य भइरहेको डिएसपी लिम्बुले बताए ।

इकान्तिपुरबाट

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah