मुम्बई – एसियाकै धनि मुकेश अम्बानी र नीता अम्बानीका छोरा आकाश अम्बानीको गत मार्च ९ गते विवाह भयो । विवाहमा राजनीतिज्ञदेखि देशका कलाकारलगायत थुप्रै विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

विवाह समारोहमा अम्बानी परिवार ब्रान्डेड पहिरनमा उपस्थित थिए । साथमा आकाश र उनकी बेहुली श्लोका पनि सुन्दर देखिएकी थिइन् । तर, निता अम्बानीको पहिरन एकदमै फरक थियो । सधैँजस्तो उनको यो पहिरन पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

उनले छोराको बिहेमा पिंक कलरको लेहेगां लगाएकी थिइन् । लेहेगांमा हेबी एम्ब्रोयडरी गरिएको थियो । उनले ब्लाउजमा छोरा र बुहारीको नाम लेखाएकी थिइन् । त्यसैगरी सारीमा ‘शुभारम्भ’ लेखाएकी छिन् । लेहेगांसँग उनले हरियो रङका गहना लगाएकी थिइन् ।



