झापा, १८ फागुन स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा झापाका नौ वटा क्याम्पसमा भएको निर्वाचनमा तीन क्याम्पसमा नेपाल विद्यार्थी संघले प्यानलमानै जित हासिल गरेको छ भने दुई क्याम्पसमा एमाले निकट अनेरास्ववियुले बिजय हाँसिल गरेको छ । एक स्थानमा अखिल क्रान्तिकारीले जित हासिल गरेको छ ।
नेवि संघले काँकरभिट्टा बहुमुखी क्याम्पस, गौरिगञ्ज बहुमुखी क्याम्पस र दुर्गा क्याम्पस गरामनीमा प्यानलै विजय हासिल गरेको हो । यसैगरी अनेरास्ववियूले गौरादह बहुमुखी क्याम्पस र त्रिदेव क्याम्पस चारआलीमा जित हासिल गरेको छ ।

आज भएको निर्वाचनमा काँकरभिट्टा बहुमुखीको अध्यक्षमा नेविसंघका सुरज सुवेदीले १२५ मत ल्याएर विजयी भएका छन् । प्रतिद्धन्दी अखिलका पुकार कार्कीले १०५ मत ल्याए । सचिवमा नेविसंघकै सञ्जीव थापाले ११७ मत ल्याएर जितेका छन भने अखिलकी तारा थापाले ११२ मत ल्याइन् । कोषाध्यक्षमा नेविसंघकै दिलासा श्रेष्ठले १२१ मत ल्याएर जितिन भने अखिलकी दिक्षा पोखरेलले १०८ मत ल्याइन् । सदस्यहरुमा नेविसंघका भरतकुमार चम्लागाइँ, सञ्जीव गौतम, कौशल उप्रेती , आसेर उराउ र पूजा आङदेम्वे विजयी भए । सदस्यमा एक मात्रै अखिलकी प्रनिता खडका विजयी भइन् ।

यस्तै गौरिगञ्ज स्थित गौरिगञ्ज बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले अधिकांश पदमा विजयी हासिल गरेको छ । उसले कोषाध्यक्ष बाहेक पुरै प्यानलले जित हासिल गरेकको हो । स्ववियूको सभापतिमा देबकुमार ताजपुरिया विजयी भएका छन् । उनले ३९ भोट प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियूका मोहन न्यौपानेले ३१ मत प्राप्त गरे । त्यसैगरी सचिबमा नेबिसंघका गुञ्जन कोइराला वियजी भए । उनले  ४० मत प्राप्त गरे भने  उनकी प्रतिद्वन्द्वी अखिलका रेजिना डोटेलले ३० मत ल्याईन् । कोषाध्यक्षमा भने अखिल र राप्रबिसंघ संयुक्त प्यानलकी  सडानन्द यादबले ४२ मत प्राप्त गर्दै विजयी भए भने उनका प्रतिद्वन्द्वी गिता साहले २७ मत प्राप्त गरिन् । त्यसै गरि सदस्यमा नेविसंघका बसन्ती रावंशीले (३७) नेविसंघकै भूमिका डोटेल (४३) र नेवि संघकै अजय साह (३५) विजयी भए । यस्तै ९ सदस्यीका कार्य समितिमा अब ४ जना समानुपातिक मतका आधारमा मनोनित हुने छन् । कुल ७५ मत मध्ये ७१ मत खसेको थियो ।

गौरादह बुहुमुखी क्याम्पसमा अनेरास्ववियुले प्यानलमानै जित हासिल गरेको छ  ।सभापतिमा कमल पौड्याल बिजयी भएका छन् । उनले ९७ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी अखिल क्रान्तिकारी र नेविसंघका संयुक्त प्यानलका युवराज खनालले ५७ मत र राप्रविसंघका रविन्द्र ढुंगानाले ३४ मत प्राप्त  गरे । यस्तै सचिवमा अखिलका झलनाथ ढुंगान ११३ मतका साथ विजयी भए । भने संयुक्त प्यानलका अग्नि प्रसाद दंगाल ५३, राप्रविसंकी सृजना राजवंशीले २२ प्राप्त गरिन् । यस्तै कोषध्यक्षमा अखिलकी मेनुका पाठक १०० प्राप्त गर्दै विजयी भईन् भने संयुक्त प्यालनकी पुजा शर्माले ५४, राप्रविसंका यादुनाथ सुवेदी ३३ मत प्राप्त गरे । सदस्यहरुमा अखिलकै वर्चश्व रयो । सदस्यमा प्रलाद कार्की (८९), प्रदिप धमला (८९), गंगादेवी पोखरेल (८३), सृजना राजंशी (९८) विजयी भए ।

यस्तै गरामनी स्थित दुर्गा क्याम्पसमा नेविसंघ र राप्रविसंघको प्यानलनै विजयी भएको छ । सभापतिमा संयुक्त प्यानलका विनोद उप्रती विजयी भए । उनले  ५४ मत प्राप्त गरे यस्तै उनका प्रतिद्वन्द्वी एमाले अखिलकी भावन भट्टराईले २१ मत प्राप्त गरिन् । यस्तै सचिवमा संयुक्त प्यानलबाट युवराज भुजेल बिजयी भए उनले  ५२ मत प्राप्त गरे भने उन प्रतिद्वन्द्वी अखिलका संदिप थपलिया २२ प्राप्त गरे । यस्तै कोषाध्यक्ष सरोज न्यौपाने खत्री विजयी भए । उनले ४४ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी पुष्पा भट्टराईले ३५ मत प्राप्त गरिन् ।
यस्तै सदस्यहमा संयुक्त प्यानलका युवराज अधिकारी(४६), सृजना अधिकारी(४१) , अमित अधिकारी(४८) विजयी भए । अन्य ६ क्याम्पसहरुमा पनि मतदान सकिएको र मत गणना जारी रहेको जानकारी प्राप्त भएको छ ।

यस्तै त्रिदेव बहुमुखी क्याम्पस चारआलीमा सवै पदमा एमाले निकट अनेरास्ववियूको प्यानल विजयी भएको छ । निर्वाचन अधिकृत गोपाल प्याकुरेलका अनुसार  अध्यक्षमा लक्ष्मीप्रसाद न्यौपाने १ सय ७७ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिस्पर्धी नेवि संघका कल्पना थापाले ५७ मत मात्र प्राप्त गरीन् । सचिवमा नेवि संघका आइतहाङ्ग चेम्जोङ्गलाई  ७० मतले पराजित गर्दै अनेरास्ववियुकै मुकुन्द तामाङ विजयी भए । चेम्जोङ्गले ८० र तामाङले १ सय ५० मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा मुना मिश्र १ सय ६८ मत प्राप्त गर्दै विजयी भइन् । उनकी प्रतिस्पर्धी सरीता प्रधानले ६३ मतमा चित्त बुझाईन् । सदस्यहरुमा विमल सुवेदी १६६, मनोज खतिवडा १६२, कमल खनाल १७०, अनिता राई १६९ र रुपेश पोखरेल १५० मत र असिम लिम्बु १५८ प्राप्त गर्दै विजयी भएको निर्वाचन अधिकृत प्याकुरेलले बताए । कुल  २७८ मत मध्ये २४१ मत खसेको थियो । खसेको मध्ये प्रत्यक्षतर्फ ५ मत बद्दर भएको निर्वाचन समितिले जनाएको छ ।

मेची बहुमुखी क्याम्पस भद्रपुरमा भने विवाद उत्पन्न भएको छ । मतदानमा फर्जि विद्यार्थी सहभागि भएको भन्दै एमाले निकट अनेरास्ववियु र राप्रविसंले विरोध जनाएका छन् । उनीहरुको विरोधका कारण मत गणना शुरु हुन सकेको छैन । ७ बजेबाट गणना हुने जानकारी प्राप्त भएको छ । यता दमक बहुमुखी क्याम्पसमा केही समय पछि मत गणना शूरु हुने बताईएको छ । कनकाई क्याम्पस विर्तामोडमा भने केही समय पछि मदगणना शूरु हुने बताईएको छ ।

यसैबीच बिर्तामोडको देवी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिल क्रान्तिकारीका पदम खड्का रोशन सभापतिमा निर्वाचित भएका छन् । खड्काले १ सय ४१ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्ी न्विसंघका सुभाष ढकालले १ सय २० मत ल्याएका छन् । सचिवमा अनेरास्ववियुका सन्दीप श्रेष्ठले १ सय ४५ मत ल्याई बिजयी बनेका छन् । यसैगरी अखिलकै १ सय २५ मत ल्याई बिन्दु आचार्य कोषाध्यक्षमा निर्वाचित भएकी छन् । नेबिसंघका एलीसा गुरुगंं र दिपा अञ्जली सदस्यमा निर्वाचित भएकी छन् । यसैगरी अखिलका संदीप आचार्य र नविन आचार्य सदस्यमा निर्वाचित भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah