काठमाडौं । दक्षिण कोरियाका विभिन्न होटलका कोठामा हुने गतिविधिको गोप्यरुपमा भिडियो बनाएर वेबसाइटमा बेचेको आरोपमा चार जना पक्राउ परेका छन् ।

पक्राउ परेकाहरुले होटलका कोठामा राखिएका टेलिभिजन, हेयर ड्रायर र शोकेसहरुमा क्यामरा जडान गरी १ हजार ६ सय वटा भिडियो खिचेको फेला परेको हो ।

उनीहरुले यसबाट ६ हजार २ सय डलर कमाएको दाबी अधिकारीहरुले गरेका छन् ।

पक्राउ परेकाहरु दोषी ठहर भएमा १० वर्षसम्मको जेल र २६ हजार ५ सय डलरभन्दा बढी जरिवाना हुने छ ।

दक्षिण कोरियामा गुप्तरुपमा अस्लिलता फैलाउने काम भएको भन्दै त्यसको विरोधमा प्रदर्शनसमेत भएको थियो ।

पक्राउ परेकाहरुले गत अगष्टमा मात्रै दक्षिण कोरियाका १० शहरका ३० वटा होटलमा क्यामरा जडान गरेको देखिएको प्रहरीले जनाएको छ ।

कतिपय भिडियो शौचालय र चेन्जिङ रुममा खिचिएको थियो ।

गत नोभेम्बरमा उनीहरुले एउटा वेबसाइट बनाएर ३० सेकेन्टसम्मको भिडिया निःशुल्क देखाउने र त्यसपछि पुरै भिडिया हेर्ने भए शुल्क तिर्नुपर्ने व्यवस्था गरेका थिए

उनीहरुले अवैधरुपमा ८ सय ३ वटा भिडियो वेबसाइटमा पोस्ट गरेका थिए । अनुसन्धानका क्रममा प्रहरीले ९७ जनाले यसका लागि पैसा तिरेको देखिएको छ ।

यसै महिना भने प्रहरीले त्यो वेबसाइट बन्द गराइदिएको थियो ।

सोल प्रहरीका प्रवक्ताले मानवीय गरिमामा गम्भीर हानी पुर्‍याउने काममा संलग्नहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।(एजेन्सी)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah