काठमान्डौ , अक्षय कुमार खुल्ला मन भएका अत्यन्तै स्पष्टवादी व्यक्ति हुन् र उनीसँग हरेक मुश्किललाई सजिलै निपट्न सक्ने खुबी रहेको छ । खेलाडी अक्षय कुमार पर्दामा प्रशस्तै खतरनाक स्टन्टहरु देखाउने गर्छन र उनको यो एक्सन अ न्दाज दर्शकहरुले पनि खुबै मन पराउदैं आएका छन् । तर धेरै कम मानिसहरुलाई यो कुरा थाहा होला कि अक्षयले आफ्नो सहकर्मी अभिनेत्री ऐश्वर्या राय बच्चनको ज्यान बचाउँनको लागि आफ्नै ज्यान जोखिममा डालेका थिए । ऐश्वर्याले स्वयमले यो कुरा एक अन्त र्वार्ताको क्रममा खुलासा गरेकी थिईन ।

अक्षय कुमारले भारतीय चलचित्र निर्देशक राजकुमार सन्तोषीको फिल्म ‘खाकी’ को शुटिंगको समयमा आफ्नो यस्तो असाधारण अन्दाज देखाएका थिए । वास्तवमा, खाकीको शुटिंगको क्रममा अक्षयले आफ्नो ज्यान हत्केलामा राखी ऐश्वर्या रायको ज्यान बचाएका थि ए ।यो घटना भारतको महाराष्ट्र प्रान्तको नासिक जिल्ला स्थित त्र्यम्बकेश्वर मन्दिर नजिक भएको थियो, जुन समय राजकुमार सन्तोषीको फिल्मको कास्टको साथै फिल्म शुटिंग चलिरहेको थियो । एक सिनमा ऐश्वर्या राय जीपमा अभिनेता तुषार कपूरको नजिक आएर रोक्नु पर्ने थियो । तर जब ड्राइभरले गाडीको वेग बढायो तब गाडीको सन्तुलन बिग्रियो र जीप तीव्र गतिमा ऐश्वर्या तिर बढ्न लाग्यो ।

यस्तो देखे पछि नजिक उभिएर बसेका अक्षय कुमार ऐश्वर्या तर्फ लागे तर तब सम्म अक्षय भन्दा अघि नै जीपले ऐश्वर्यालाई ठक्कर दिइहाल्यो । त्यस पछि अक्षय कुमारले ऐश्वर्या रायलाई तुरुन्तै अस्पताल पुर्याए ।यस दुर्घटना पछि ऐश्वर्या रायलाई डाक्टरले आराम ग र्न सल्लाह दिए । त्यस पछि धेरै दिन पछि शुटिंगमा फर्किन । सेटमा फर्किने बित्तिकै उनले अक्षय कुमारलाई उनले बचाएकोमा धन्यवाद दिईन ।ऐश्वर्या यस पछि यति धेरै खुसी भईन कि उनले फिल्मसँग सम्बन्धित हरेक समारोहमा अक्षय कुमारको कामको प्रशंसा गर्दै उनलाई धन्यवाद पनि दिईन । जसको कारण उनीहरु बीच अहिले पनि गहिरो सम्बन्ध रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah