दमक÷ नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाका सबै स्थानीय तहहरु एमालेलाई जिताउनका अभियान शुरु गरिएको छ । ओली निर्वाचित क्षेत्र झापाको क्षेत्र नं. ७ सहित झापाभर घरदैलो अभियान शुरु भएको हो । संबिधान कार्यन्वयनका लागि जनपरिचालन अभियान शुरु भएपछि अन्य राजनीतिक दलहरु त्रसित भएकाछन् ।
स्थानीय तहमा आफ्नो पकड राख्न र झापाका सबै स्थानीय तह जित्नका लागि एमालेले जनताको घरदैलो जाने अभियान चालेको हो । नेकपा एमाले झापाका अध्यक्ष चीन्तन पाठकका अनुसार स्थानीय तहको निर्वाचनमा झापा जिल्ला एमालेको लाल किल्ला बन्नेछ ।
नेकपा एमालेका केन्द्रिय सदस्य हिक्मत कार्कीका अनुसार मेची अञ्चल नै एमालेमय बनाउने अभियान शुरु भएकाछन् । स्थानीय तह सबै जित्ने गरी पार्टी कमिटिहरु लागि परेको उनले बताए । यो सम्भव भएको समेत कार्की बताउछन् । फागुण २१ गते झापामा जनसागर उतार्नका लागि समेत संगसंगै तयारी छ ।
यसैबीच २१ गते झापाको काकडभिट्टाबाट शुरु हुने मेची महाकाली अभियानबारे झापाको दमकमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ । नेकपा एमाले झापा क्षेत्र नं. ७ ले गरेको पत्रकार सम्मेलनमा नेकपा एमाले प्रदेश नं. १ का सदस्य देबेन्द्र दाहालले संबिधानको बिषयमा भएका भ्रम र मधेशमा एमालेप्रति लगाइएको लाञ्छना यसले हटाउने अपेक्षा गरिएको छ । काकडभिट्टा, बिर्तामोड र दमकमा आमसभा हुनेछ । तिन वटै आमसभा २१ गते नै हुनेछन् । तयारीको बिषयमा क्षेत्रिय अध्यक्ष बोधराज न्यौपाने, क्षेत्रिय इन्जार्च होमबाहादुर थापा लगायतले जानकारी दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah