गर्मीमा लामखुट्टेले निकै सताउँछ । लामखुट्टको टोकाइले मलेरिया, इन्सेफलाइटिस, डेंगु जस्ता रोग लाग्न सक्छ। चिकित्सकहरुका अनुसार लामखुट्टेको देख्ने क्षमता राति झन् धेरै हुन्छ। सकेसम्म यसको टोकाइबाट जोगिन उनीहरुले सुझाव दिदैं आएका छन्। लामखुट्टेबाट बच्ने सबैभन्दा सजिलो र सुरक्षित उपाय झुल लगाएर सुत्नु हो। त्यस्तै हलुका रंगका पुरा बाहुला भएका कपडा लगाउने र साँझमा झ्याल ढोका लगाउने गर्दा पनि लामखुट्टेको टोकाइबाट केही बच्न सकिन्छ।

–सामान्यतया लामखुट्टे पानी जम्ने खाल्डाखुल्डी भए बढी फैलिन्छ। लामखुट्टेले अण्डा पार्ने र बच्चा हुर्काउने भएकाले घर वरिपरि यस्ता खाल्डाखुल्डी भए पुर्नुपर्छ।

– सयपत्री, तुलसी, पुदिना, लेमन ग्रास, लसुन, ब्रम्हबुटी जस्ता विरुवाले प्राकृतिक रुपमा लामखुट्टे आउन कम गर्छन् । यसमा भएको वासनाले लामखुट्टे भाग्ने हुनाले घरको छेउछाउ वा गमला मै भएपनि यस्ता विरुवाहरु रोप्नु राम्रो हुन्छ ।

–लामखुट्टे फोहोरमा बढी फैलने हुँदा सकेसम्म आफ्नो घरआँगन सफा राख्ने। कुनाकाप्चा तथा र अँध्यारो ठाउँमा लामखुट्टे बस्ने हुनाले यस्ता ठाउँ सफा र खुला राख्नु पर्छ।

बजारमा उपलब्ध लामखुट्टे धपाउने धुप, लिक्विड, स्प्रे पनि प्रयोग गर्न सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah