२० फागुन– एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेसी मोर्चाले राजनीतिका नाममा गुण्डागर्दी गरिरहेको बताएका छन् ।शनिबारबाट सुरु हुने मेचीकाली अभियानबारे जानकारी दिन झापाको बिर्तामोडमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले गुण्डागर्दी नभई राजनीति गर्न मधेसी मोर्चालाई सुझाए । सप्तरीको राजविराजमा मोर्चा कार्यकर्ताले एमाले कार्यकर्तामाथि कालोमोसो दल्नुका साथै लुटपाट गरेको आरोप लगाए ।

गुण्डागर्दीका अगाडि एमाले पिठ्युँ फर्काएर नभाग्ने उनको भनाइ थियो । ‘मधेसी मोर्चाको राजनीति होइन, गुण्डागर्दी हो’, उनले भने, ‘गुण्डागर्दी गर्नै खोजेको हो भने एमाले पिठ्युँ फर्काएर भाग्दैन ।’

ओलीले मोर्चाको राजनीतिक र वैचारिक प्रतिवाद गर्ने उल्लेख गरे । एमालेले मधेसमा ४० सिट जितेको भन्दै ओलीले मधेसको नेतृत्व मोर्चाले नभई एमालेले गर्ने बताए ।

ओलीले मेची महाकाली अभियानबाट एमालेले आफ्नो शक्ति देखाउने चेतावनी दिए ।

मधेसी मोर्चाको अवरोधबीच सप्तरीमा पूर्वघोषित आमसभा गरेरै छाड्ने भन्दै सुरक्षा दिन सरकारसँग माग गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah