दमक÷नेकपा एमालेले आज शनिबारदेखि शुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियानमाको क्रममा झापामा जनसागर उर्लिएको छ । झापाको काकडभिट्टामा आयोजित सहारोहमा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री कमरेड केपी शर्मा ओलीले विशेष समारोहका बीच उक्त अभियानको आरम्भ गरेका थिए ।
जेल सार्ने नाममा सुखानीको जंगलमा लगी हत्या गरिएका पाँच शहीदहरु– रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुँइकेल, बीरेन राजबंशी र नारायण श्रेष्ठको सम्झनामा पार्टीले मनाउँदै आएको शहीद दिवस पारी आरम्भ गरिएको कार्यक्रममा करिब १ लाख ५० हजार सहभागि भएको एमाले प्रचार बिभाग प्रमुख योगेश भट्टराइले् बताए ।
अभियानको पहिलोदिनको अन्तिम सभालाइ दमकमा सम्बोधन गर्दै ओलीले भने–‘राष्ट्रघाती संविधान संशोधन पारित हुँदैन, हुन दिइन्न । त्यो काम संसद् र संसदीय प्रक्रियाबाटै असफल पारिन्छ ।’ उनले अगाडि भने–‘राष्ट्र, राष्ट्रियता, संविधान कार्यान्वयन, राष्ट्रिय एकता प्रबद्र्धन र सामाजिक न्यायका लागि हाम्रो पार्टी सम्झौताहीन रुपमा खडा हुन्छ । ढुक्क भए हुन्छ, यसमा कसैसँग सम्झौता गर्दैन ।’
उनले यो कार्यक्रम बारे जानकारी दिदै भने–‘यो कार्यक्रम कसैका विपक्षमा लक्षित छैन, राष्ट्र र जनताका पक्षमा छ । लोकतन्त्र, संविधान र राष्ट्रका पक्षमा भएका कसैले पनि यसबाट आत्तिनु पर्दैन ।’ शनिबार दमकमा भएको कार्यक्रमपछि अध्यक्ष ओली सहितको शिर्षस्थ नेताहरुको टोली जनताको घरघरमा गएर बसेकाछन् । जनताको घरमा नै गाँस र बाँसको ब्यवस्था मिलाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah