बिष्णुप्रसाद पोखरेल
दमक÷ नेकपा एमालेका ससदीय दलको उपनेता एवं पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ शनिबार आक्रमक भएर भारतको कडा आलोचना गरेकाछन् । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर झापाको दमकमा नेम्बाङले भने–तपाइकोमा लाखौ जनता तपाइ बिरुद्ध सडकमा उत्रेको देख्नु हुन्न की क्या हो ? दिल्लिमा पानी नै बन्द गराएर हाहाकार मच्चाएको चाल पाउनु भएन की क्या हो ?
नेम्बाङले नेपालको संबिधान ९० प्रतिशतभन्दा बढि जनताको सहभागितामा जारि भएको अहिले यसको बिरोध गरेका मधेशी मोर्चामा आबद्धहरु नेताहरु आफैले संबिधानको कार्यन्वयन गराइसकेको भन्दै भारतको साँसदमा दूइचार दिनमा संबिधान जारी गरेको भनेर एक त्यहाँका साँसदले भनेको भन्दै आक्रोश पोखे । उनले भने–‘तपाइको संबिधान कति प्रतिशत जनताले स्वीकार गरेका हुन महाशय एकपटक सोच्नुहोस्, त्यहि साठी प्रतिशत होइन र ?’
नेम्बाङले नेपालको आन्तरिक मामलामा हस्तक्षेप नगर्न चेतावनी दिदै भने–‘तपाइको देशमा अहिले पनि राज्य माग्नेहरुको दशौ लाखको बिरोध र्याली निस्कन्छ त्यो बिषयमा हामी बालेका छैनौ र त्यो बिषयमा म बोल्नि पनि ।’ नेम्बाङले नेपालको संबिधानमा जति अधिकार आफ्ना जनतालाइ दिएर देखाउन पनि चुनौती दिए ।
उनले भारतलाइ मात्र नभएर भारतको इशारामा चलेका मधेशी दल र त्यसका साँसदलाइ कडा आलोचना गरेकाछन् । उनले भने–‘प्रधानमन्त्री निर्वाचनमा केपी शर्मा ओलीको बिपक्षमा मतदान गर्नका लागि यहि संबिधान अनुसार सहभागि हुनु भयो र अबिश्वासको प्रस्ताव ल्याएर ओलीलाई प्रधानमन्त्रीबाट हटाउन पनि हस्ताक्षर गर्नुभयो अनि फेरी संबिधान मान्दैनौ भन्न लाज लाग्नु पर्ने होइन ?’



