नेकपा एमालेका सचिब तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराइले नेकपा एमालेले शुरु गरेको मेची महाकाली अभियान कुनै छापामार शैलीमा र लुकीछिपि गरिएको कार्यक्रम नभएर पूर्व घोषित कार्यक्रम भएकाले यसको अवरोध गर्न
खोजे त्यो क्षम्य नहुने चेतावनी दिएकाछन् ।

झापाको दमकमा पत्रकार सम्मेलन गरेर भट्टराइले एमालेको पूर्व निर्धारीत कार्यक्रम नरोकिने र कार्यतालिका अनुसार तोके अनुसारको स्थानमा नै गर्ने जनाए । उनले प्रमुख बिपक्षीदलको कार्यक्रम भएकाले सुरक्षाको जिम्मा राज्यको भन्दै आफूहरु त्यहाँ जसरी पनि कार्यक्रम गर्ने बताए ।

कोहि संग डराएर एमाले नभाग्ने र जस्तो सुकै अवस्थामा पनि अघि बढ्न सक्ने साहस र धैर्यता एमालेमा रहेको जनाउदै उनले भने–‘’एमालेका अगाडि कसैको केहि लाग्दैन, त्यहाँ जब हामी पुग्छौ सबै प्रकारका अवरोध, बन्द, हड्ताल आफै खुल्छन् र जनताले राहतको अनुभुत गर्न पाउनेछन् ।’ भट्टराइले मधेशी मोर्चा लगायतका आफूलाइ राजनीतिक दल बताउनेहरुले राजनीतिक संस्कार र पद्धती बुझ्नु पर्ने भन्दै नबुझे एमालेले बुझाउने दाबी गरे ।

आफूहरुको कार्यक्रम राजनीतिक मात्र नभएर सामाजिक तथा सास्कृतिक रुपाण्तरणको पनि भएको भन्दै उनले भने–‘यसलाइ जसले रोक्न खोज्छ उसकै लागि घातक हुन्छ र यो एमालेले स्वीकार गर्न सक्दैन ।’ भट्टराइले मानव अधिकार आयोग लगायतका स्वतन्त्र संस्थाहरुलाइ यस कार्यक्रमको पर्यवेक्षण गर्न तथा जनताबिरोधी भए त्यसबारे हेरेर भन्न आग्रह गरे । उनले भने–‘हामी जन बिरोधी, मधेशी बिरोधी होइनौ तर हामी मधेशी मोर्चाले सारेका असंबैधानिक र राष्ट्रिय हित बिपरितका बिषयहरुको बिरोधी हौ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah