दमक/झापाको दमकमा स्थानीय तहको निर्वाचनले माहौल तातेको छ । बिभिन्न पार्टीका नेताहरुले मेयरमा दाबी गर्न थालेकाछन् । यसैक्रममा नेपाली काँग्रेसका नेता घनेन्द्र सुब्बाले सवाल नेपाल मार्फत मेयरको उम्मेद्वारी घोषणा गरेकाछन् ।
आफू पूर्व जनप्रतिनिधि रहेको, दमक उद्योग बाणिज्य संघको अध्यक्ष भइसकेको, संसदीय चुनावको अनुभव समेत लिइसकेकाले आफू नेपाली काँग्रेसमा सक्षम र जित्ने उम्मेदवार रहेको सुब्बाले सवाल नेपाललाइ बताए । उनले भने–‘मलाइ बिश्वास छ काँग्रेस पार्टीले मलाइ नै टिकट दिनेछ र म नै जित्ने मेयरको उम्मेदवार हुँ ।’
उनले आफू मेयर भएर दमकमा थुप्रै सुधार गर्ने प्रतिबद्धता पनि जनाएकाछन् । कुनै पनि सेवाग्राहि नगरपालिकामा आएर १० मिनेटभन्दा बढि बस्नु नपर्ने अवस्था सिर्जना गर्ने उनले जनाए । करको नाममा दमकबासीको ढाड सेक्ने गरि रकम असुल्ने कार्य समेत आफूले रोक्ने सुब्बाले बताए । उनले पार्टीका सबैलाइ समेटेर लैजाने र जित्ने उम्मेदवार आफू भएकाले उनले सबैलाइ सहयोग गर्न पनि आग्रह गरे ।
सवाल नेपालका सम्पादक बिष्णुप्रसाद पोखरेलले गर्नु भएको भिडियो कुराकानी हेर्नुहोस
https://youtu.be/Ihl472kEJv8



