दमक/नेकपा एमालेको मेची महकाली अन्र्तगत मधेशमा नेकपा एमालेले गर्ने आमसभा सकिएपछि प्रहरी र मधेशी मोर्चाका कार्यकर्ताबीच भएको झडपमा परेर मृत्यु हुनेको संख्या ४ पुगेको छ भने अझै केहिको अवस्था गम्भिर रहेको छ । स्थानीय प्रशासन आधिकारीक पुष्टि नगरेपनि प्रहरीको गोली लागेर घाइते बनेका सञ्जय मेहेता, दिगम्बर यादब, पिताम्बर मण्डल र आनन्द शाहको मृत्यु भएको मोर्चाका नेताहरुले बताएकाछन् । यो घटना पछि नेकपा एमालेको स्थायी कमिटीको आपतकालिन बैठकले तीनदिन सम्म अभियान रोक्ने निर्णय गरेको छ ।



