३ फागुन– राजविराजको कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्दै एमालेको मेची–महाकाली राष्ट्रिय अभियान अहिले गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रबाट आजको विश्रामस्थल कञ्चनपुरतर्फ फर्केको छ ।

विहान पार्टी नेताहरुसँगै रुपनी र कञ्चनपुरबाट गएको समर्थकहरुको जुलुश नारावाजी गर्दै विश्रामस्थलतर्फ लागेको छ । यसैबीच कञ्चनपुरको राष्ट्रिय माध्यमिक विद्यालयमा अध्यक्ष केपी शर्मा ओली सहित शीर्ष नेता बास बस्ने तय भएपछि अहिले नेताहरुसँग भेट्न र कुरा गर्न कञ्चनपुर र आसपासका भारदह तथा रुपनी क्षेत्रबाट ठूलो संख्यामा एमाले समर्थक तथा स्थानीय नागरिक विद्यालयमा भेला भएका छन् । साँझ सांस्कृतिक कार्यक्रम तथा शीर्ष नेताहरुसँग सामुहिक भेटघाटका विभिन्न कार्यक्रम तय भएका छन् ।

मधेस विरोधी भनी मोर्चाले प्रचार गरेका एमाले अध्यक्ष ओलीलाई नजिकबाट हेर्न र भेट्न चाहनेहरु अहिले विद्यालय प्राङ्गणमा खचाखच उपस्थित छन् । राजविराजको कार्यक्रम सकिएपछि कञ्चनपुर तिर जाँदै गरेकी स्थानीय बिना यादवले भनिन्– ‘हम सब ओली जी के भेटक लेल बैसलछियै । मागेवाला चिज किछो नै छै । फगत उनका देख चाहैछी ।’ (हामी ओलीलाई भेट्नका लागि बसेका छौं, माग्ने कुरा त केही छैन । केवल उहाँलाई हेर्न चाहन्छौं ।)

एमाले अध्यक्ष ओलीको भाषण सकिएपछि स्थानीयले मधेसका लागि ओली नेतृत्वको सरकारले जति अरु कुनै सरकारले काम नगरेको वताए । विसहरियाका प्रतापनारायण चौधरीले भने– ‘केपी ओली के सरकार जते मधेस में और अखुन्तक कोइ सरकार काम नहि केनेछै । ओली सरकार तराई मे सडक के खातिर बजेट देनेछै । ओली के सरकार तराई में दु दु जगह अन्तराष्ट्रिय एयरपोर्ट बनावे खातिर काम केनेछै ।’ (केपी ओलीको सरकार जति मधेसमा अरु कुनै सरकारले काम गरेका छैनन् । ओली सरकारले तराईमा सडकका लागि बजेट दिएको छ । ओलीको सरकारले तराईमा दुई दुई ठाउँमा अन्तराष्ट्रिय विमानस्थल बनाउन काम गरेको छ ।)
उनले एमाले तराईमा शक्तिसाली हुने देखेर मात्रै मधेसी मोर्चा विरोधमा उत्रेको वताए । उनले भने– ‘राविराज के इ सभा औरो पार्टी के लिए बढका चिन्ता के विषय भेलछै । ओकरा सब के डर छै कि अगामि निर्वाचन मे एमाले सब से बढका पार्टी बन्ते । यहि खातिर उसब एमाले के इ अभियान के विरोध करैछै ।’

चक्रपथबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah