काठमाडाैं  : मधेसी मोर्चाका कार्यकर्ताले सप्तरीको भारदहस्थित सशस्त्र प्रहरीको चेक पोस्टमा आगजनी गरेका छन् । उक्त चेक पोस्टमा प्रहरी भने थिएनन् ।

मानवअधिकार आयोगकाे गाडी तोडफोड, एमाले पार्टी कार्यालयमा आगजनी

मानवअधिकारकर्मीलाई समेत आक्रमण प्रयास

सिराहा : मधेसी मोर्चाका कार्यकर्ताहरुले नेकपा (एमाले)को लहान नगर पार्टी कार्यालयमा कार्यकर्ताले तोडफोड गरेका छन् भने यता राजविराज—राष्ट्रिय मानवअधिकार आयोग जनकपुर क्षेत्रीय कार्यालयको गाडी राजविराजमा तोडफोड गरेका छन् । गाडीमा सवार मानवअधिकारकर्मीलाई समेत आक्रमण प्रयास भएको छ।

मंगलबार बिहानैदेखी मधेसी मोर्चाका कार्यकर्ताहरु उत्तेजित भएर सडकमा निस्किएका छन् ।  उनीहरुले कार्यालयभित्र रहेका फर्निचर र कागजपत्र सडकमा ल्याएर आगजनीसमेत गरेका छन्। सोमबार सप्तरीमा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएपछि मोर्चाले आह्वान गरेको बन्दका कारण मंगलबार बिहानदेखि सवारीसाधन चल्न सकेको छैन। मोर्चा कार्यकर्ताहरु सडकमा निस्किएका छन् ।

राजविरामा राष्ट्रिय मानवअधिकार आयोग जनकपुर क्षेत्रीय कार्यालयको गाडी राजविराजमा तोडफोड गरेका हुन् । मंगलबार बिहान घटनाको वास्तविकता बुझ्न रव रेग्मीको नेतृत्वमा आयोगको टोली राजविराज पुगेको थियो । आयोग अधिकारी चढेको बा ५ च ७४७३ नम्बरको गाडी मोर्चा कार्यकर्ताले सप्तरी जिल्ला अदालत अगाडि तोडफोड गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah