२४ फागुन । सप्तरी घटनाबारे एमाले नेताहरुले फरक–फरक खालको प्रतिक्रिया दिएका छन् । एमालेका नेताहरुले आफूहरु राजविराज जाँदा बुद्ध भएर गएको र फर्किदा झन् बलियो बुद्ध भएर फर्किएको बताएका छन् ।
सप्तरी घटनाबारे कुन नेताले के भने ?
ईश्वर पोख्रेल
महासचिव, नेकपा (एमाले)
सप्तरी घटना लोकतन्त्रमाथिको प्रहार हो । सुरक्षाकर्मीमाथि पचासौँ बम प्रहार हुँदा उनीहरुले आफ्नो सुरक्षका लागि गोली चलाउँदा त्यस्तो घटना भयो । अहिले पनि ४५ जना सुरक्षाकर्मी घाइते भएको जानकारी आएको छ । हामीले शान्तिपूर्ण ढंगले अभियान सञ्चालन गरिरहँदा अनि अभियानप्रति लाखौँ जनताले देखाएको सहभागिता र ऐक्यबद्धताबाट अत्तालिएकाहरूले सप्तरीसम्म आइपुग्दा अभियानमा हिँडिरहेका गाडीमा जुत्ता हान्ने, कालो झण्डा देखाउने, कार्यक्रमस्थलमा आक्रमण गर्न खोज्ने जस्ता क्रियाकलाप गरे । सुरक्षाकर्मीको सुझबुझपूर्ण व्यवहारका कारण ठूलो क्षति हुन पाएन । यस्तो क्रियाकलापलाई नरोक्ने हो भने लोकतन्त्र धरापमा पर्छ ।

सुरक्षाकर्मीको सुझबुझपूर्ण व्यवहारका कारण ठूलो क्षति हुन पाएन । यस्तो क्रियाकलापलाई नरोक्ने हो भने लोकतन्त्र धरापमा पर्छ ।

तर, हाम्रो पंक्तिले संयमता नै प्रदर्शन ग¥यो । लोकतन्त्रमा अपरिहार्य निर्वाचनको स्थितिलाई विथोल्दै बाह्य चलखेल निम्त्याउने र देशका राजनीतिक दलहरूका बीच द्वन्द्व सिर्जना गर्ने दुराशयबाट राजविराजको निन्दनीय घटना गरिएको छ । मधेसी मोर्चा सम्बद्ध दलहरूले संस्थागत रूपमै खुलेआम उक्त प्रकारको क्रियाकलाप गर्नुका साथै हाम्रो शान्तिपूर्ण र अनुशासित कार्यक्रममाथि आक्रमण गर्ने कामलाई हामीले गम्भीर रूपमा लिएका छौँ ।
भीम रावल
उपाध्यक्ष
नेकपा (एमाले)
सप्तरी घटनापछि एमाले जिम्मेवार बन्नुपर्छ भनेर केहीले कुतर्क गर्दै आएका छन् । यस्ता कुतर्कको कुनै अर्थ छैन । यस्ता अपराधिक घटना घट्नु अघि राज्यलाई थाहा हुनुपर्छ र राज्यले त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने तयारीमा जुट्नु पर्छ ।

अहिले सप्तरीको घटनापछि एमाले कार्यकर्ता सशंकित भएका छन् । उनीहरुलाई राज्यले सुरक्षा दिनुपर्छ हामी त्यसको निरन्तर खवरदारी गरिरहन्छौँ ।

मञ्चमा बसेका एमालेका शीर्ष नेताहरुको सामूहिक हत्या गर्ने गरी कोही भाला–खुकुरी, पेट्रोल बम लिएर आउँछ भने त्यसलाई निस्तेज गर्न सुरक्षाकर्मीले गोली चलाउने सामान्य कुरा हो । यो घटना गर्न दिने र गैर जिम्मेवार अभिव्यक्ति दिदैँ हिड्ने गृहमन्त्रीले जिम्मा लिनुपर्छ । अहिले सप्तरीको घटनापछि एमाले कार्यकर्ता सशंकित भएका छन् । उनीहरुलाई राज्यले सुरक्षा दिनुपर्छ हामी त्यसको निरन्तर खवरदारी गरिरहन्छौँ ।

सुवास नेम्वाङ
उप–नेता संसदीय दल

सप्तरी घटनाले नेपाली जनताले स्वतन्त्रपूर्वक बाँच्न पाउने र आफ्ना कार्य गर्न पाउने अधिकारको हनन् भएको छ । कसैले एमालेले ठूला कार्यक्रम गर्नुहुँदैन । तराई–मधेसमा एमाले जानैँ हुदैँन । त्यहा ठूला कार्यक्रम एमालेले गर्नै हुँदैन । जनताको घर–दैलोमा एमाले जाँनै हुँदैन भन्छ भने तपाईँहरु नै भन्नुहोस हामी र्ती सबै काम रोकौँ त ?

हामीले त मधेसी मोर्चाका साथीहरुले कालो झण्डा देखाउँदा हाँसेर टाटाबाइबाई भनेकै थियौँ । तर, उहाँहरुले त पेट्रोल कोशीको किनारमा पाईन चिल्ला ढुंगा झोलामा बोकेर आउनु भएको थियो ।

हामीले त मधेसी मोर्चाका साथीहरुले कालो झण्डा देखाउँदा हाँसेर टाटाबाइबाई भनेकै थियौँ । तर, उहाँहरुले त पेट्रोल कोशीको किनारमा पाईन चिल्ला ढुंगा झोलामा बोकेर आउनु भएको थियो । उहाँहरुले मञ्चमा प्रवेश गरेर नेतृत्वको सामूहिक हत्या गर्ने प्रयास गर्नु भएको थियो । तर, हामी डराएनौँ ।

हाम्रा सबै कार्यकर्ताहरुलाई सुरक्षित रुपमा बाहिर पठाएर हामी अन्तिममा निस्क्यौँ । यो कुरा उहाँहरुले बुझ्दा राम्रो हुन्छ । जिम्मेवार गृहमन्त्री हुनुहुन्छ भने यी सबैको जिम्मा लिनुपर्छ । सरकार, मेधसी मोर्चा र गृहमन्त्रीले यो घटनाको जिम्मेवारी लिनुपर्छ ।

प्रदीप ज्ञवाली
सचिव, नेकपा (एमाले)

आफ्नो आवरणमा विखण्डनवादी गतिविधि गर्न दिनु भनेको के–हो ? कार्यक्रम स्थलमा बम राखेको जिम्मेवारी मधेसी मोर्चाले लिनुपर्छ कि पर्दैन ? अहिले निहत्था जनता मारिए भनेर चर्चा गरिएको छ । आन्दोलनमा आएर पेट्रोल बम प्रहार गर्छ भने त्यसलाई कसरी निहत्था भन्ने ? यदि अनुसन्धानका क्रममा निहत्था व्यक्ति मारिएको रहेछ भने एमाले जिम्मेवारी लिन तयार छ ।

अहिले आफ्नो स्वार्थ पूरा गर्ने शक्तिले निर्वाचन हुन र संविधान कार्यान्वयन हुन नदिन बाहना बनाइरहेका छन् । ती सबैलाई चिरेर निर्वाचन गर्नुपर्छ । त्यसको विकल्प छैन । निर्वाचन हुन्छ, जसरी पनि हुन्छ ।

अहिले आफ्नो स्वार्थ पूरा गर्ने शक्तिले निर्वाचन हुन र संविधान कार्यान्वयन हुन नदिन बाहना बनाइरहेका छन् । ती सबैलाई चिरेर निर्वाचन गर्नुपर्छ । त्यसको विकल्प छैन । निर्वाचन हुन्छ, जसरी पनि हुन्छ ।

योगेश भट्टराई
सचिव, एवं प्रचार विभाग प्रमुख

राजनीतिक, सैद्धान्तिक र कार्यक्रमिक रूपले कुनै हालतमा प्रतिस्पर्धा गर्न नसकेपछि र जनताको साथ नपाउने भएपछि तथा तराई–मधेसमा फैलाइएका भ्रम नेकपा (एमाले) ले यस अभियानमार्फत चिर्छ भन्ने त्रासले सुनियोजित रूपमा राजविराज घटना मञ्चन गराइएको छ र मानिसहरुको ज्यान लिइएको छ ।

हामी राजविराज जाँदा बुद्ध भएर गएका थियौँ । अहिले झन् बलियो बुद्ध भएर फर्किएका छौँ ।

शान्तिपूर्ण कार्यक्रम बिथोल्न प्रयोग क्रम हुनेक्रममा भएको मानवीय क्षतिको सम्पूर्ण जवाफदेही मोर्चा नै हुनुपर्दछ । यस्ता आततायी घटनाको निष्पक्ष रुपमा छानबिनका लागि सम्बद्ध निकायहरुको गम्भीर ध्यानाकर्षण गर्दछौँ । हामी राजविराज जाँदा बुद्ध भएर गएका थियौँ । अहिले झन् बलियो बुद्ध भएर फर्किएका छौँ । हामी अहिले पनि मुठभेडका पक्षमा छैनौँ । तर, हाम्रा कार्यक्रमलाई निरन्तरता दिन्छौँ ।

सूर्य थापा
उप–प्रमुख प्रचार विभाग

सप्तरीमा सुनियोजित रुपमा रक्तपात गर्ने जुन हर्कत भएको छ ।

सप्तरी घटना टिकापुर, गौर, रंगेलीकै पूनरावृत्ति हो ।

एमाले त्यसको भत्र्सना गर्छ । केही सञ्चार माध्ययमहरुको दुरुपयोग गरेर कुकर्म गर्ने काम भएको छ । एमाले त्यसको पनि भत्र्सना गर्छ । सप्तरी घटना टिकापुर, गौर, रंगेलीकै पूनरावृत्ति हो । त्यस्ता हर्कत नहोस भनेर हामी उहाँहरुलाई सचेत गराउन चाहन्छौँ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah