२४ फागुन,

नेपाली कामदारको लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरिया जानकोलागि पास गर्नै पर्ने भाषा परीक्षाको तालिका सार्वजनिक भएको छ । नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले आज सूचना प्रकाशित गर्दै आठौँ कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

आज प्रकाशित सूचनाअनुसार भाषा परीक्षा आगामी २०७४ साल जेठ २७ र २८ गते तदनुसार सन् २०१७ को जुन १० र ११ गते हुनेछ । परीक्षा पास हुनेमध्ये १० हजार २ सय कामदार कोरिया लैजाने पनि जनाइएको छ । सो अन्तर्गत उत्पादनमूलक क्षेत्रमा ४ हजार र कृषि तथा पशुपालन क्षेत्रमा ६ हजार २ सय कामदारको माग भएको छ । यो परीक्षामा सामेल हुन इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आगामी चैतको ९ देखि १८ गतेभित्रमा आवेदन फारम भर्नु पर्ने शाखाले जनाएको छ ।

आवेदकले यो पटक भने अनलाइनबाटै परीक्षा फारम भर्ने इपिएस कोरिया शाखाले व्यवस्था मिलाएको छ । जसको लागि एमआरपी पासपोर्टको अग्रपृष्ठ र हालसालै खिचेको फोटोको स्क्यान एक एक प्रति आवश्यक पर्ने जनाइएको छ । भाषा परीक्षामा सामेल हुन नेपाली नागरिक हुनै पर्ने, १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेको हुनु पर्ने, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको हुनु पर्ने, कोरियामा गई गैह्र कानूनी रुपमा बसोवास गरी कोरियाबाट फिर्ता पठाएको नहुनु पर्ने, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको हुनु पर्ने योग्यता तोकिएको छ । f

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah