एजेन्सी- बलिउड अभिनेता सलमान खान प्राय: ‘कूल स्टाइल’मा देखिन्छन् । उनी प्राय: जिन्स पाइन्ट र टी-शर्टमा हिँड्छन् । बताइएअनुसार उनलाई फर्मल पहिरन मनपर्छ ।

सलमान खानको धेरैजसो कालो कपडा लगाउँछन् । सलमान बलिउडका कार्यक्रममा होस् या रियालिटी शोको सञ्चालन गर्दा नै किन नहोस्, उनी कालै कपडा लगाउँछन् । तर किन उनी कालो कपडा मन पराउँछन् ? डिजाइनर ऐशले रेबेलोले सलमानलाई कालो बाहेक अन्य रङ मन नपर्ने बताए ।
एक सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रश्न लेखेका थिए, ‘सलमानले प्राय: किन कालो कपडा लगाउँछन् ?’ त्यस्तै अर्का प्रयोगकर्ताले लेखेका थिए, ‘प्लिज सलमान, स्टाइल बदल्नुहोस् ।’
बलिउडमा कालो कपडा फाप्ने भएकाले उनले त्यसलाई प्रयोग गरिहरेको बताइन्छ ।



