काठमाडौं। सन् २००१ मा प्रदर्शनमा आएको फिल्म ‘लज्जा’ले बक्स अफिसमा तहल्का मच्चाएको थियो। यो फिल्मकाको चर्चामा गीतको भूमिका उत्तिकै रहेको छ। फिल्मका सबै गीत चर्चित बनेका थिए। ती मध्ये एउटा गीत ‘बडी मुस्किल बाबा बडी मुस्किल’ आज पनि स्रोताका बीचमा उत्तिकै कर्णप्रिय रहेको छ।

यस गीतमा अभिनेत्री माधुरी दीक्षितले निकै राम्रो प्रस्तुति दिएकी थिइन्। उनको नृत्यलाई लिएर त्यतिबेला खुबै चर्चा भएको थियो। पछिल्लो समयमा यही गीतमा कोरससहित एक चिनियाँ युवतीले गरेको नृत्य यतिबेला मिडिया र सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। देभेस मिर्चादनी नामक युट्यु च्यानलमा अपलोड भएको सो गीतमा चिनियाँ युवतीले सुन्दर प्रस्तुति दिएक छिन्।
केही दिन अगाडि अपलोड भएको यो गीतको भ्युअर्स राम्रै रहेको छ भने प्रतिक्रिया पनि राम्रो आएको छ। यो गीतमा ती युवतीले माधुरीको भन्दा अलग एंगलबाट नृत्य गरेका कारण पनि दर्शकले रचाएको बताइएको छ।



