काठमाडौँ ।द भोइस नेपाल को पर्तिस्पर्धात्मक गायन प्रतियोगिताले थुप्रै ओझेलमा रहेका गायक गायिकाहरुको प्रतिभालाई उजागर गरेको थियो जहाँ बिजेता नै बन्नपर्छ भन्ने भन्दापनी कत्तिको लोकप्रियता कमाइन्छ जस्ले भोलिको कलाकारिताको बाटो हिड्नलाई मद्दत मिल्छ यो पाटो पनि विशेष थियो । नेपालको सबैभन्दा ठुलो रियालिटिसो भएकैले पनि थुप्रै कला को उजागर भएका छ्न । तेहि भिडमा गायिका श्रेया राई ले पनि केही हद सम्म दर्सक श्रोताको मन जित्न सफल भइन ।
द भोइस अफ नेपालकी प्रतियोगी रकिङ गितहरुले सबैको मन जित्न सफल गायिका श्रेया राईको सेन्टिमेन्ट गित ”तिमी संगै गए मेरा खुसिका पलहरु” गितको लिरिकल भिडियो बजारमा आएको छन् । पहिलो गित अन्जु पन्तको स्वरमा” हासी हासी बाच प्रिय” रेकर्ड गराई सकेकी दिपा मेवाहङ राईले प्रेमिल कबिता र सरल भाबमा मिठासपुर्ण शब्द बटुलेर गित लेख्छिन परदेशमा ब्यस्त समयको बाबजुद पनि नेपाली गित संगीतलाई मन मुटु बाट माया गर्छिन।यस गितका संगीत तथा एरेन्ज सुनिल राईले गरेका हुन ।सुनिल सङ्गितिक क्षेत्रमा नया अनुहार भए पनि उनको सङ्गितलाई नया भन्न मिल्दैन।नेपालका चर्चित गायक गायिकाहरुको स्वारमा सुनिलले सङ्गीत भरी सकेका छ्न।सुनिल संगीतकार मात्र नभएर आफै गायक पनि हुन यस बर्षको नेसनल पावर न्युज म्युजिक अवार्डमा नव गायकको अवार्ड पनि जिति सकेका छन ।



