निसुम ‘ शुक्र चङ्बाङ – गायक तथा संगीतकार राजेन्द्र केरुङ को अर्को नयाँ लिम्बू गित याज्थुङ्मा मिम भिडियो सहित FALELUNG TV मार्फत सार्वजनिक गरेका छन।सागर केरुङ को शब्द, कुल्बा सुब्बा को सङित रहेको उक्त गित लाई सङ्गीत संयोजन मनि ताम्लिङले गरेका छन।

उक्त गित को भिडियोमा अहिलेका निक्कै चर्चित मोडल दिप केरुङ र मेडिन कन्दङ्गवाको अन स्कृन रोमान्स देख्न सकिन्छ। कल्पना योङ्हाङ (द हाईलैण्ड आर्ट) र रुपा आङ्बुहाङ (फेसन सिक्वेन्स हाउस) को गरगहना र भेषभुषामा सजिएका छन भने सोम मग्राती को श्रृङ्गार ,सुमन योन्जन को छायाङ्कन निशान घिमिरेको सम्पादन रहेको छ।यस्को निर्देशन अहिलेका ब्यस्त निर्देशक लोकेन साम्बा ले गरेका छन।

३ पुस्ते प्रेमिल भावलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको उक्त भिडियोमा बाल कलाकार हरु माङ्सा हाङ केरुङ र आयुशा केरुङ साथै बौद्द्मान केरुङ र शुकरानी आङ्थुपो केरुङ लाई भिडियोमा देख्न सकिन्छ।पुर्बान्चल का अत्यन्तै शुन्दर पर्यटकिय,धार्मिक तिर्थस्थलहरु जोरपोखरी, लब्रेकुटी,सिलौटी, माङ्सेबुङ ,फिदिम,फालेलुङ लगायत का स्थलहरुमा छायाङ्कन गरिएको उक्त भिडियो लाई गैर लिम्बूभाषी हरुको लागि नेपाली तथा अङ्ग्रेजी भाषामा अनुबादक प्राज्ञ अमर तुम्याहाङ्ले गर्नुभएको छ।

करिब आधा दशक देखि नेपाली साङितिक क्षेत्रमा सङ्गघर्षरत गायक राजेन्द्र को दुई बर्ष अघि सार्वजनिक पहिलो किरात संस्कृतिमुलक भिडियो एल्बम (मिङ्सो) भित्रका (फुङ इनु सेवा चोगिरो),माङ्लाङ नु केलाङ (पालाम),आम्बेपज सुम्हात्लुङ जस्ता गितका भिडियोहरुलाई निक्कै दर्शक श्रोताहरुले रुचाएका छन भने यो त्यही एल्बम को अर्को गित हो। अहिले सम्म विभिन्न एल्बममा कलेक्सन गरि १ दर्जन बढी गितहरुमा स्वर भरिसकेका छन।

उक्त गितको भिडियो तलको लिङ्कमा हेर्नुहोला::

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah