प्रकाश उप्रेती

चारआली । पूर्वको फेवातालको रुपमा विकास गर्ने उद्देश्य लिएको झापाको दुहागढीस्थित ‘निचाझोडा सीमसार तथा पर्यटकीय क्षेत्र विकास व्यवस्थापन उपसमितिले बुधबारबाट निर्माणको काम शुरु गरेको छ ।

हातेमालो वन उपभोक्ता समिति अन्तरगतको वनभित्र पर्यटकीय सीमसार क्षेत्र नामाकरण गरेको २ वर्षपछि विधिवत् रुपमा निर्माण शुरु गरिएको हो । जिल्ला वन कार्यालय झापा, वातावरण र पर्यावरण सम्बन्धी काम गर्दै आएको वातावरण र पर्यावरणविद्को सल्लाह तथा इञ्जीनियरिङ रेखाङ्कनको काम पूरा गरिसकेकोे वन समितिका अध्यक्ष विदुर शिवाकोटीले जानकारी दिएका छन् ।

पहिलो दिन दुईवटा स्काभेटर प्रयोग गरी निर्माणको काम थालनी गरिएको निचाझोडा सीमसार तथा पर्यटकीय क्षेत्र विकास व्यवस्थापन उपसमितिका संयोजक कृष्णराज सिग्देलले बताए ।

परिकल्पना

पर्यटकीय परिसरभित्र हिमाल, पहाड र तराई, त्यसको वरिपरी ताल, माटोको ढिस्को वा बाँध निर्माण गरी पानी सञ्चित गर्ने र पोखरीको संरचना तयार पार्ने, परापूर्वकालमा निर्माण भएका तत्कालीन समयमा बनाइएका टहरा, फलैँचा तथा चैतारालगायतका भौतिक संरचना निर्माण गरिनेछ । राजवंशी तथा सबै जातजाति तथा समुदायले मान्दै आएका विभिन्न देवी देवताका मठमन्दिर निर्माण गर्ने, लोप भएका विभिन्न वन्यजन्तु तथा चराचुरुङ्गीको प्रतिमा निर्माण गर्ने योजना तथा परिकल्पना गरिएको छ ।

त्यसैगरी वनको करिव ३२ दशमलव २७ हेक्टर क्षेत्रमा वरिपरी एक छेउमा पिक्निक स्पोट, बालबालिकालगायत सबैलाई समेट्ने गरी खेल तथा अन्य सामग्रीसहितको स्पोट, अन्य क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकका लागि रोमाञ्चक, दृष्यावलोकन स्थलको रुपमा विकास गरिने संयोजक सिग्देलको भनाई छ ।

पर्यटकको गन्तव्य 

भौगोलिक बनावट, रमणीय तथा स्वच्छ पर्यावरणमा रहेको निर्माणाधिन पर्यटकीयस्थलको उत्तरपट्टी पूर्वी पहाड र हिमाली क्षेत्रका जिल्ला जोडिएको, दक्षिणपट्टी विदेशी पर्यटक भित्रिने चन्द्रगढी विमानस्थल भएको, पूर्वमा भारत रहेको र पश्चिममा नेपालका सबै क्षेत्रको आगमन हुने चौबाटा भएकाले धेरैभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटक भितर््यान सकिने समितिको विश्वास छ ।

कार्ययोजना तथा लगानी

सीमसार तथा पर्यटकीय स्थलको विकास निर्माणका लागि २०७३-०७४ मा   निर्वाचन क्षेत्र विकास कोषले १३ लाख, सांसद विकास कोषबाट ३ लाख, दुहागढी गाविसबाट २ लाख र उपभोक्ताबाट २ लाख गरी २० लाख बजेट विनियोजन भएको वनका सचिव बद्री भट्टराईले बताए । पूर्वको फेवा तालको रुपमा विकास गर्न ७ करोड रुपैयाँको कार्ययोजना अघि सारिएको छ ।

 के हो निचाझोडा ? 

सो स्थान परापूर्वकालमा राजवंशी समुदायको बसोबास स्थल रहेको थियो ।  उनीहरुले दिनहुँ माछा मार्ने गर्थे । तर, सो क्षेत्रमा पाइने धेरै माछामध्ये झिङ्गे माछा अधिक पाइने भएकाले उक्त माछाको नाममा सो क्षेत्रको नाम रहन गएको हो । राजवंशी भाषामा ‘निचा’ को अर्थ झिँगेमाछा र ‘झोडा’ को अर्थ खोल्सी रहेकाले सीमसारको नाम निचाझोडा रहन गएको दुवागढी-२ निवासी परशुराम राजवंशीले बताए ।

भौगोलिक अवस्थिति

यहाँ राजवंशी समुदायको चैतुदेवीको थानसमेत रहेको छ । हरेक वर्षको चैतमा मेलाको आयोजना गरी उनीहरुले चैतुदेवीको पूजाआजा गर्ने गरेका छन् । पूर्व-पश्चिम राजमार्गको चारआली सडकखण्डको करिब तीन किलोमिटर दक्षिण दुहागढी गाविसमा रहेको हातेमालो सामुदायिक वन ३९१ दशमलव २७ हेक्टर क्षेत्रमा फैलिएको छ । त्यसमध्ये ५२ दशमलव ५ हेक्टर सीमसार क्षेत्र रहेको छ ।

सीमसार क्षेत्र मध्येको ३२ दशमलव ५ हेक्टर क्षेत्रलाई पयर्टकीयस्थलका रुपमा विकास तथा व्यवस्थित गर्न लागिएको हो । हातेमालो सामुदायिक वन उपभोक्ता समूहमा २२ घरधुरी छन् । यसमा करिब एक हजार घरधुरी आदिवासी, ८ सय क्षेत्री र बाहुन र ४ सय दलित, मुस्लिमलगायतका समुदाय रहेका छन् । उक्त क्षेत्रमा पानी, बिजुली, बाटोको व्यवस्थापनमा ध्यान दिनुपर्ने वन समितिका सदस्य लक्ष्मण कार्कीले औंल्याएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah