२६ फागुन – मधेसी मोर्चा नेकपा एमालेको शान्तिपूर्ण मेची-महाकाली अभियान बिथोल्न आवरणमा देखिए पनि यसलाई नेपाली काँग्रेस र माओवादीले सहयोग गरेको सत्यनारायण मण्डलको भनाई थियो । केटाकेटीहरूलाई चकलेट दिएर केपी ओली, माधवकुमार नेपाल र झलनाथ खनालबिरुद्ध भद्दा गाली गर्न सिकाइएको उनले बताए । ७ ठाउँमा खाना खाने मेसनै स्थापना गरेर आफ्ना कार्यकर्ता एवं सीमावर्ती भारतीय इलाकाबाट झिकाइएका हातहतियार धारी गुण्डासमेत पालेर राखेको मण्डलले बताए ।
मण्डलले एमालेका समर्थकलाई एक्लै पारेर कालो मोसो दल्ने राजनीतिक व्यवहार नभएको बताए । सभामा हजारौं मधेसी जनता सामेल रहेपनि मोर्चाले एमालेलाई मधेस बिरोधि भन्न नछाडेको मण्डलले भने । मधेसी जनताले एमालेलाई माया गर्ने तर मधेसी मोर्चा भने बम बोकेर हिँड्नेलाई मात्रै मधेसी जनता देख्ने गरेको आज राजधानीको पुतलीसडकमा अवस्थित यलम्बर पार्टी प्यालेसमा आयोजित कार्यक्रममा मण्डलले दाबी गरे ।



