काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि मन्त्रिपरिषद विस्तार गरेर ४६ सदस्यीय पुर्याएका छन् ।
तीनजना मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरिएको छ । बाँकी मन्त्रालय र राज्इमन्त्री योजना अनुसार थपे बाबुराम भट्टराईको रेकर्ड तोड्ने देखिएको छ । भट्टराईको नेतृत्वमा ४९ सदस्यीय जोम्बो थियो । साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधान एवं स्थानीय विकास मन्त्री, दिलनाथ गिरीलाई संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रीका रुपमा सपथ खुवाइएको छ ।
परशुराम तामाङलाई राज्यमन्त्रीका रुपमा सपथ खुवाइएको छ । स्थानीय विकास मन्त्रीमा हितराज पाण्डेलाई सुरुवा गरिएको छ । यस्तै पर्यटन मन्त्रालय सम्हाल्दै आएका जीवनबहादुर शाहीलाई अर्को मन्त्रालय दिने तयारी छ ।
विज्ञान तथा प्रविधि र पशुपक्षी विकास मन्त्रालय प्रधानमन्त्री आफैंले सम्हाल्दै आएका थिए । बिहीबार तीन जना मन्त्री थपिएपछि प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद ४६ सदस्यीय भएको छ ।



