२७ फागनु । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले कसैको टाट्नामा बाँधेको बाख्राको पाठो नभएको बताएका छन् । तीन दिन स्थगन गरेपछि हेटौँडाबाट सुरु मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा हेटौँडामा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले एमाले देशका लागि मर्न एक पाइला पछि नहट्ने पनि दाबी गरे । ‘देशका लागि एमाले नेता ज्यान गुमाउन पनि तयार रहेको उनको भनाइ थियो । ‘मलाई मारेर केही हुँदैन एमालेमा हजारौँ नेताहरु छन् । ओलीलाई पनि कसैले चाहँदैमा मार्न सक्दैनन् । फेरि एक जनालाई मारेर कसैलाई केही फाइदा छैन ।’ उनले राष्ट्रिय एकता, स्वाधिनता र सम्वृद्धिको अभियान ओली मारेर नरोकिने पनि दाबी गरे । उनले भने ‘यो निरन्तर चलिरहन्छ ।’, कार्यक्रममा महासचिव ईश्वर पोख्रेलले पनि बोलेका थिए ।



