काठमाडौं । हामी प्राय खाना खाने वित्तिकै सुत्न जान्छौं । तर सुत्नु अघि केही कार्यहरु हामीले जीवन व्यवहारमा लागु ग¥यौं भने हाम्रो स्वास्थ्य राम्रो हुन्छ । आउनुहोस् यस बारे केही जानकारी लिऔं ।

छिटो सुत्न नजानेः धेरै छिटो सुत्न गयो भने गहिरो निद्रा नपर्न सक्छ । सुत्न जाने उपयुक्त समय भनेको राती १० वजे देखि १०.३० सम्म हो।

निदाउनको लागि मदिरा नपिउनेः रक्सी पिउने गर्दा पनि गहिरो निद्रा नपर्ने र वेला वेलामा निद्रा खुल्ने हुन्छ।

सुत्न जानु भन्दा पहिले चुरोटः सुर्ती सेवन ग¥यो भने मस्तिस्कमा एक प्रकारको उत्तेजना वढाउँछ र निद्रा आउन वाधा पार्छ । सुत्न जानु भन्दा १र२ घण्टा अगाडि यस्ता पदार्थ प्रयोग नगर्दा निद्रा आउन सक्छ।

भोकै सुत्न जानु राम्रो हुदैन । पेट भोको भयो भने निद्रा लाग्दैन, सुत्नु भन्दा अगाडि धेरै पानी पियो भने पनि पिसाव लागेर उठ्नु पर्ने हुन्छ । नियमित शारीरिक व्यायाम स्वास्थ्यको लागि राम्रो हुन्छ र निद्रा पर्न पनि सहयोगी हुन्छ तर एकदमै वढी शारीरिक व्यायाम भने गर्नु हुँदैन। लेख्ने, पढ्ने वा कम्प्युटरमा काम गरी राख्नु भएको छ भने सुत्नु भन्दा पहिले करिव आधा घण्टा जति काम गर्न छोड्नुहोस र रिल्याक्स गर्नुस्। सकभर निद्राको लागि औषधी प्रयोग नगर्नु राम्रो हुन्छ। औषधी प्रयोग नगरी नहुने भए एक हप्ता वा त्यो भन्दा वढीको लागि प्रयोग गर्नु हुदैन।

सुत्नु भन्दा पहिले मनतातो दुध पिउदा निद्रा लाग्न मद्वत गर्छ। सकिन्छ भने सुत्नु भन्दा एक डेढ घण्टा पहिले मन तातो पानीले नुहाउदा पनि शरीर रिल्याक्स हुन्छ र निद्रा आउन सहयोग गर्छ।

वेलुका निद्रा लागे पछि सुत्ने र विहान निद्रा खुलेपछि उठ्ने नियमित गर्नेहरुमा निदाउने र निद्रा खुल्ने साइकल वनेको हुन्छ। सधैं करिबकरिब एउटै समयमा सुत्ने र एउटै समयमा उठ्ने गर्दा निद्रामा प्राय समस्या आउँदैन। तर सधेै सुत्ने र उठ्ने समय फरक गरिरहँदा निद्रा लाग्ने र विहान जाग्ने साइकल विग्रिन्छ।

एउटै समयमा सुत्ने भन्नाले एकदम घडी मिलाउनु भने पर्दैन, भनौ १० वजे सुत्ने प्लान छ भने आधा घण्टा अघि वा आधा घण्टा पछि हुँदा फरक पर्दैन तर कहिले १० वजे कहिले १२ वजे वा कहिले १ वजे सुत्न लाग्यो भने सुत्ने नियमितता विग्रिन्छ। धेरै मानसिक तनाव भएर वा विभिन्न रोग लागेर निद्रा नलागेको हो भने तनाव घटाउने र रोगको उपचार गर्नेतर्फ लाग्नु पर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah