काठमाडौं, २८ फागुन । नेपालमा बढ्दै गएको द्वन्द्वका कारण नेपाल भ्रमण गर्न चाहने चिनियाँ नागरिकलाई सतर्कता अपनाउन चीन सरकारले आग्रह गरेको छ । नेपालस्थित चिनियाँ दूतावासले जारी गरेको बक्तव्यमा नेपालको दक्षिणी क्षेत्रमा द्वन्द्व र हिंसाका घटना दिन प्रतिदिन बढ्दै गएकाले सो क्षेत्रको भ्रमण नगर्न र जानै परेपनि सतर्कता अपनाउन आग्रह गरेको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
चिनियाँ विदेश मन्त्रालयले नेपाल भारत सीमा क्षेत्रमा केही दिनदेखि तनाव बढ्दै गएकाले त्यस क्षेत्रमा भ्रमण गर्नुपरे उच्च सुरक्षा सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।



