२८ फागुन – नेकपा एमालेका उपाध्यक्ष बामदेब गौतमले नेकपा एमाले हात्ती भएको बताउदै कुकुर भूक्दैमा नडराउने बताएकाछन् । उनले भारतलाइ जोरी नखोज्न चेतावनी दिदै एमाले रहेसम्म नेपालमा गिद्धे दृष्टि लगाउने कोसिस नगर्न समेत उनले चेतावनी दिएकाछन् । नेकपा एमालेले जारी राखेको मेची महाकाली अभियान अन्तर्गत नारायणगढमा भएको सभालाइ सम्बोधन गर्दै गौतमले यस्तो बताएकाहुन् ।
सभालाई संवोधन गर्दै एमाले उपाध्यक्ष गौतमले एमाले रहुञ्जेल नेपालमाथि कुनै बिदेशीले कर्के नजर लगाउन नसक्ने बताए । उनले भने,‘एमालेलाई नेपालका अन्य दल र बिदेशी समेत मिलेर सिध्याउन खोजेका छन । म भन्न चाहान्छु उनीहरुको यो इच्छा पूरा हुने छैन । एमाले रहुञ्जेल नेपालप्रति कसैले कर्के नजर नलगाए हुन्छ ।’
नेता गौमतले एमालेलाई हात्तीको संज्ञा दिंदै कुकुर भुकेर हात्ती नतर्सिने बताए । ‘एमाले हात्ती हो, कुकुर भुक्दै गर्छन, हात्ती लम्कदै गर्छ । एमाले समृद्ध नेपालको संकल्पसहित निरन्तर अघि बढिरहन्छ ।’ सभालाई अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधबकुमार नेपालले संवोधन गर्नेछन् ।



