ईटहरी/नेपालको पुर्वी पहाडी जिल्ला धरान सुनसरीको रमणिय स्वर्ग जस्तै ठाउँमा २०३५ साल असोज १० गते पिता शिव कुमार श्रेष्ठ र माता रेनुका श्रेष्ठकी प्यारी एक्ली सुपुत्रीकी रुपमा जन्मिएकी गायिका रञ्जिता श्रेष्ठ बर्तमान समयमा आफ्नै कर्म भूमीमा संघर्स गर्दै छिन् । श्रेष्ठ आफ्नै कर्म भूमिमा रहेरपनि गीतसंगीतलाई निकै माया गरिरहेकी छिन् ।

 

हँसिलो मुहार मिलनसार स्वाभावकी गायिका श्रेष्ठको सानै देखि गीत गाउँने खुबै रुचि थियो । श्रेष्ठ फुर्सदको समयमा गीतहरु गाउने अनि धरान बजारको, उकालीओराली अनि भेडेटार तिरको रमाईलो डाँडा काँडा घुम्न जाँदा आफुले सुनेका गीतहरु गुनगुनाउँदै बाल्यकाल बिताएकी थिइन् ।

 

आफ्नै देशको माटोमा पसिना बगाएर आफ्नो उज्ज्वल भबिष्य बनाउने सुन्दर सपना बोकेकी श्रेष्ठले सोचेजस्तो नभएपछि संघर्स नै रहेछ जिन्दगी भन्ने लागे पछि श्रेष्ठले आफ्नो जीवनको यात्रा वैवाहिक तिर मोडेकी थिइन्। उनले देशको दर्दनाक अवस्था तथा राजनीतिको चपेटामा परेर पनि कहिले अरु नेपाली युवा युवतीहरु जस्तै हरियो पासपोर्ट हातमा लिएर प्रवासतिर लाग्ने सोच लिईनन् आफनै मातृ भूमिमा संघर्स गरी रहेकी छिन् ।

 

सोचेजस्तो कहाँ हुन्छ र जीवन। गीत नै छ नि सोचेजस्तो हुन्न जीवन सम्झे जस्तो हुन्न जीवन। हो ठ्याक्कै यो गीतले भने जस्तै श्रेष्ठको जिवनमा पनि भयो ।अनगिन्ती सपनाहरु मध्यको एउटा अर्को सपना थियो गीत रेकर्ड गराएर नेपालको कुना–कुना, डाँडा पाखा भिर पहरामा गुञ्जाउने । तर, कहिले पनि त्यो मौका पाएकी थिइन्न घर परिवार कै कारण सपना – सपनामै सिमित रहेको थियो|

आटेपछि नहुने के नै छ र ?

अहिले श्रेष्ठकी श्रीमानको माया हौसला सपोर्ट ले गर्दा इटहरीमा रहेको पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोमा गत हप्त “मलाई बाँच्न सिकाउने “बोल रहेको गीतमा श्रेष्ठले पहिलो पटक आवाज भरेकी छिन् ।गायिका रञ्जिता श्रेष्ठलाई महसुस भयो कि सधैंको व्यस्त आफ्नो काम मात्र होईन गीत संगीत लाई पनि समय दिन्छु भन्ने लाग्यो र संगीतकार गणेश रिजालसँग दुई वर्ष संगीत सिकेकी थिइन् श्रेष्ठले आफ्नो गुरु सँग अहिले गीत गाउने सल्ला मागिन् अहिले पनि संगीत साधाना माहा विद्यालयमा रामकुमार राम्धामी गुरु सँग संगीत प्रशिक्षण लिदै छिन्|

नव गायिका रञ्जिता श्रेष्ठको सुमधुर स्वरमा रहेको “मलाई बाँच्न सिकाउने” बोलको स्टुडियो भिडियो सार्वजनिक भएको छ ।गायिका रञ्जिता श्रेष्ठको आवाजमा रहेको “मलाई बाँच्न सिकाउने “गीतमा संगीतकार गणेश रिजालको सुमधुर संगीत रहेको छ भने गीतकार गणेश खड्काको उत्कृष्ट शब्द रहेको छ।उक्त गीत पूर्वाञ्चल डिजिटल रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो भने पूर्वाञ्चल म्यूजिक युट्युब च्यानल मार्फत बजारमा ल्याएको छ ।हेर्नुहोस् गीतको भिडियो-

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah