इटहरी । पासाङ तामाङ /नेपाली सांगीतिक बजारमा नव गायक प्रवीण मोक्तानको आगमन पहाडी जिल्ला भोजपुरको उतारी  क्षेत्रमा साङ्गपाङ्गमा   पिता श्रिधोज मोक्तान र माता रत्न माया मोक्तानको एक्लो सुपुत्रको रुपमा  वि.सं. २०४२ साल पुष ०८ गते जन्मनु भएका थियो  ।आफ्नो उज्ज्वल भबिष्य बनाउने सुन्दर सपना बोकेका मोक्तानले सोचेजस्तो नभएपछि जीवनलाई प्रवासतिर मोडेका थिए । उनले देशको दर्दनाक अवस्था तथा राजनीतिको चपेटामा परेर अरु नेपाली युवाहरु जस्तै हरियो पासपोर्ट हातमा लिएर प्रवासतिर लग्न बाध्य भएका थिए ।

 

नेपाली सांगीतिक बजारमा नव गायक प्रवीण मोक्तान आफूलाई गीतसंगीतको क्षेत्रमा नै समर्पित गर्चहन्। लामो समय प्रवासको बसाइपछि घरबासमा आएर संगीतमा लागिपरेका गायक मोक्तानले पहिलो पटक श्रोता दर्शकमाझ”गुराँस फुल्यो” बोलको गीतलाई लिएर आएका छन्। प्रवासमा रहँदा नै उनले यो गीत लेखेका थिए ।

 

गायक प्रवीण मोक्तानले अनुराग संगीत कला केन्द्र संगीत विद्यालय मा नारद मणी हार्तम छालीसँग ६ महिना संगीत प्रशिक्षण लिएका थिए ।गायक प्रवीण मोक्तानले नेपाली गीतसंगीतको क्षेत्रमा निरन्तर गायनमा नै लाग्ने सोचले प्रवासको बसाई छाडेका उनले नेपाल आएपछि यो पहिलो गीत रेकर्डिङ गरे पनि वैशाख १८गते स्टुडियो भिडियो सार्वजनिक गरेका हुन् गीतबाट आफू निकै आशावादी रहेको गायक मोक्तान बताउँछन् ।

 

प्रवीण मोक्तानको शब्द र नारद मणी हार्तम छालीको संगीतमा रहेको यो गीतमा प्रवीण मोक्तानको स्वर रहेको छ ।कुन्दन राईको एरेन्ज रहेको यस गीतलाई रुद्र श्रेष्ठले मिक्सिङ गरेका हुन् ।गीतको स्टुडियो भिडियोलाई सागर खवसले सम्पादन गरेका हुन्।गुराँस फुल्यो गीतलाई पूर्वाञ्चल डिजिटल रेकर्डिङ्ग स्टुडियोले बजार व्यवस्थापन गरेको छ । हेर्नुहोस् गीतको भिडियो::

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah